सुरेशकुमार पान्डे — केही बर्ष अगाडी महिंलाहरूको लागि समान अधिकारको आवाज निरन्तर न उठाएका होइनन्।हुन त कताकती अहिले पनि सुन्निन्छ तर पहिलेको जस्तो महिंलाहरूकै बारेमा छलफल र उनिहरूकै बिषयलाई लिएर आन्दोलनहरू गोलमेच कार्यक्रम, पत्रकार सम्मेलन आदी खासै भयको देखिंदैन।आठ मार्च अन्तरराष्ट्रिय श्रमिक महिंला दिवसको कार्यक्रममा केहि गिन्तिका महिंलाहरू देखिन्छन तर तिज भैलो जस्ता चाढपर्वमा महिंलाहरूकै ब्यापकता देखिन्छ।जवकी अन्तरराष्ट्रिय दिवसमा महिंलाहरूको ब्यापक उपस्थिती हुनुपर्नेहो।
महिंला मुक्ति आन्दोलन खास गरेर समाजवादीहरूलेनै उठाउँदै आएकाछन भन्ने कुरा अंझै महिंलाहरूलाई जानकारी छैन।
कयौं सुधारवादीहरूले सामाजिक अभियान्ताहरूले पनि महिंलाहरूलाई आरक्षाणको माग गर्दै आएकाछन।त्यो पुंजिवादी राजनीति अन्तर्गत उनिहरूलाई लोभ्याउँने मन्त्रनै भयकोछ।जब सम्म महिंलाहरूले आफुलाई चिन्दैनन् तब सम्म उन्को भागको आरक्षाण पनि दुर्पयोग हुनेछ र हुँदैपनि आएकोछ।महिंलाहरू सम्बन्धि थुप्रै कानून् पनि नबनेका होइनन् तर जबसम्म महिंला सचेत र शिक्षित हुँदैनन् त्यो सबैकुरा उनिहरूको निमित्त बेकार हुन्छ।अहिलेको यो पुरूष प्रधान समाजमा महिंलाहरूले आफ्नो श्रिमान सँग नसोधेर आफ्नै विवेकले निर्णय गर्ने केही अपवाद मात्र होलान।सवाल पारिवारीक कार्यामा दुबैजनाको सोरसल्हा हुँनुपर्छ त्यो छुट्टै कुराहो तर स्वायम जनप्रतिनिधीहरू समेतले आफ्नो श्रिमान सँग सोधेर जनताको काम गर्दछन वा आफ्नो पिता सँग दाईभाई सँग छोरा सँग सोधेर मात्रै काम गर्दछन आफ्नो विवेक प्रयोग गरेर काम गर्न उनिहरूलाई धेरै गारो हुन्छ।
महिंलाहरू कम्जोर भएर होइन मानसिक रूप बाट उनिहरूले आफुलाई पुरूष भन्दा कम्जोर ठानेका हुन्छन।त्यसकारण उनिहरूलाई परेको आरक्षाण कोटालाई उनिहरूकै घर बाट दुर्पयोग भयको हुन्छ।मेरो भनाई उनिहरूलाई आरक्षाण दिनैहुंदैन भन्ने होइन आरक्षाण त उनिहरूलाई पुरूष समान हुनुपर्नेहो तर अहिलेको यही अबस्थामा दिएको आरक्षणले धेरैजसो उनिहरूको घरबाट दुरपयोग हुनसक्ने सम्भावना रहिरहनेछ।
कुरैकुरामा एक जना मित्रले भन्नु भयो मैले आफ्नो श्रिमतीलाई स्वतन्त्रता दिएको छुँ”(?)यो दिएको स्वतन्त्रता उनैले फिर्ता लिनपनि त सक्छन।महिंलालाई स्वतन्त्रता दिने होइन बरू महिंलाहरूले आ आफ्नो अधिकार लिन सक्नुपर्छ।अहिले कयौं महिंलाहरूले स्वतन्त्रताको नाममा छाडा बिक्रिती युक्त कार्य गरेको पनि देखिन्छ पश्चिमी सांस्कृतीले गर्दा उनिहरूमा थुप्रै छाडा पन देखा पर्दछ।
जस्तोकी हाम्रो समाजमा मोडेल र शुन्दरी प्रतियोगीताले ब्यापक ठाउँ पाएकोछ।आर्को तर्फ प्रगतिसिलको नाउमा पनि थुप्रै महिंलाहरूको अधिकारलाई खोसेकाछन।उनिहरू अहिले पनि आफ्नो जनम ठाउँ बाट रित्तै आर्को नयां घरमा सम्बन्ध सार्दछन।अहिले पहिलेको तुलनामा छोरीलाई कम्तिमा पढ्न समेत आमा बाउले प्रयास गर्छन।पहिले त त्यो पनि आर्काको घर जाने जात त हो भनेर अनपढनै राखे।महिंलाहरू सँग धेरै पक्षपात हुंदै आएको कुरा सत्यहो तर त्यसमा पुरूष मात्रै दोशि नहुन सक्छन स्वायम महिंलाहरू पनि दोशीछन।अहिले प्रगतिसिलको नाउमा बरू सासुलाई आमा ससुरालाई बा,नन्दलाई बैनी आमाजुलाई दिदी र जेठाजुलाई दाई जस्ता शब्द प्रयोग गरेर साइनोको खिचडी बनाएकाछन।बरू ब्यबहारमा समानता ल्याउँनुको साटो झनै खाई खनेको आभाष हुन्छ।बुहारी छोरी होइन बुहारीको हकदार हुन्छन छोरी समान त ब्यबहार गर्नुपो हो।साइनो बदलेर मात्रै समानता हुन्छ?पक्कै पनि हुंदैन बरू आफ्नो साइनोलाई सम्मान गर्न जान्नुपर्छ।मलाई लाग्दैन घरमा नन्दलाई बैनि भन्नुपर्छ भन्ने बरू आफु भाउजु भयको गर्व़ हुनुपर्छ।
हामिले देखिरहेका हुन्छौं उनै महिंलाहरूले महिंलाहरूको साररिक मानसिक शोशण गर्नमा ठुलो भुमिका निर्वा गरेकाछन।अहिले समाजमा जत्तिको बिक्रिती बढेर गयकोछ साहीद त्यो पहिले हाम्रो समाजमा थिएनहोला चेली बेटीहरू शुरक्षित थिए तर अहिले बढि बिकृत्ती समाजमा नेटवर्कको माध्यायमबाट फैलिएकोछ त्यसैको परिणाम कलिला ना बालिग बालखहरू समेतले बलत्कार जस्तो जघन्य अप्राधमा सामिल भयको देखिन्छ।
एकातिर स्वतन्त्रताको नाममा छाडा हुंदै पारिवारीक संस्कार सुन्य बालिकाहरू आर्को तिर पश्चिमी छाडा संस्कृती नङ्गन्ता अश्लिल फिलम आदिले उनिहरूको मानसिकरूपमा अप्राध गर्न तैयार पारेको हुन्छ।अहिले मोडेलको नाममा देखिएको नङ्गन्ता र यो शुन्दरी प्रतियोगिता समेतले उर्जा थपेका हुन्छन।हाम्रो समाजलाई सचेत नगर्दै केहि आरक्षाणको भरमा महिंलाहरूलाई हक र अधिकार प्राप्त हुन सक्नेछैन।छोरीलाई छोरा सरह शिक्षा र आत्मनिर्भर हुनसक्ने ज्ञान र सम्पत्तिमा पनि समान अधिकारको लागी शंघर्ष गर्ने र कानून बनाउँने त्यो कानूनलाई अमल गर्ने भयपछि हाम्रो देशमा महिंलाहरू बिच हुने अप्राधलाई न्युन गर्न सकिन्छ।अहिलेको अबस्थामा महिंलाहरूलाई पुंजि जुटाउँने साधनको रूपमा पुंजिवादले प्रयोग गर्दै आएकोछ।कुनैपनि ब्राण्डमा महिंलाहरूका अर्ध नङ्गन तस्विर टांसेर कम्पनिले सामानको बिक्रि बितरण गरेको हुन्छन।हाम्रो नेपाली चेलीहरू भारतका थुप्रै ब्यस्यालयहरूमा समेत पुगेर देह ब्यपारमा सलंङ्गनछन।ति महिलाहरूको संख्या धेरैछ उनिहरूलाई नेपालमा फर्काएर कुनै रोजगार मा सामिल गर्न सक्ने सरकारको हैसियतनै देखिन्न।बरू उनिहरू आएर नेपालका प्रत्येक सहरमा दश दश हजारको संख्यामा ब्यस्या बृद्धी गर्न थालेभने नेपाल पुरै ब्यस्यालय जस्तै बन्नेछ।यस्तो नेपाली चेलीहरूको दर्दनाक अबस्थाछ।
अहिले कयौं महिंलाहरूले स्थानिय निर्वाचन चितेकाछन उनिहरूले आ आफ्नो क्षेत्र बाट सक्यासम्म महिंलाहरूलाई बेचबिखान गर्ने यि दलालहरूलाई कार्वाही गर्ने र उनिहरू महिंलाहरूको रक्षागर्ने तिरपनि ध्यान दिनुपर्दछ हुँन त देशको सर्वोच्च सम्मानिय राष्ट्रपती जस्तो पदमा महिंला बिराजमान छन तरपनि महिंलाहरू र बालबालिकाहरूमा हुंने साररिक शोशण बलत्कार र जघन्या अप्राधलाई रोक्ने प्रयात्न खासै भयको देखिएकोछैन।
अहिले जीतेका मध्यका महिंलाहरूमा पनि देशका तमाम महिंलाहरूले थुप्रै आस गरेका हुनन् सबै महिंला प्रतिनिधीहरू द्वारा सिमानाहरूमा हुने महिंला माथिका दुरब्यबहार र अप्राद जन्य कृयाकलापमा रोक लगाउंन प्रयात्न गर्नुपर्छ।यो अप्राधमा जुनसुकै आफ्नै दाई भाईको सलङ्गनता भयपनि कार्वाही गर्न हात कमाउँनु हुँदैन।जनताले दिएको अधिकार र जिम्मेवारी बहन गर्न सम्पुर्ण जित हासिल गरेका महिंलाहरूलाई शुभकामनाछ।