शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • देश
  • काठमाडौँमा काँग्रेस–एमाले असफल, स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी

काठमाडौँमा काँग्रेस–एमाले असफल, स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी

  • बुधबार, जेष्ठ ११, २०७९
काठमाडौँमा काँग्रेस–एमाले असफल, स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ ।

साहको एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ । काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेको बलियो संगठनलाई तोड्दै साह विजयी भएका हुन् । यस्तै उप मेयरमा भने एमालेकी सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार