शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • गयर जिम्मेवार सरकार!

गयर जिम्मेवार सरकार!

  • बुधबार, जेष्ठ ११, २०७९
गयर जिम्मेवार सरकार!

सुरेशकुमार पान्डे — अहिले पेट्रोलको दाम १८० र एलपिजी १८सए भयकोछ।
पेट्रोलियम पदार्थमा लगातार भयको मंहगीले आम जनजिवनमा ठुलो प्रभाव परेकोछ।स्थानिय चुनाव पछि लगातार पेट्रोलियम पदार्थमा दुइपटक भावमा बिर्धी भयो।साहिद यही गठबन्धन सरकारको अग्रगामिनीति होकी? आमा नागरिकको जिज्ञासाछ।हिंजोका दिनहरूमा दुई रूपियां बढ्दा सडकमा आन्दोलन गर्ने राजनीतिक पार्टीहरूले अहिले एउटा बिज्ञाप्ति समेत निकालेर बिरोध नजनाउलनु भने बिड्मबनानैहो।
हुन त पेट्रोलियम पदार्थको मूल्य अन्तरराष्ट्रिय बजारमा पनि बढेकोछ तर यसरी लगातार मूल्य बृद्धी हुंदैजानेहो भने अबस्था जटिल हुनेछ।अन्तरराष्ट्रिय बजारमा मूल्य तल माथि भयपनि सरकारले कुनै अरू क्षेत्र बाट सबसिडी दिएर जनतालाई राहत दिन नसक्नु भनेको सरकारको कमिहो।सरकारको गैरजिम्मेदारीले गर्दा देश र जनतालाई नोक्सान हुँदै आएकोछ।
देशमा जुनसुकै सरकार भयपनि जनताको समस्य समाधान र सम्बोधन गर्न नसक्नु सरकार पक्षको ठुलो कम्जोरीहो।तर बिड्मबना भनौ वा राजनीति दिवालिया ढनौं जब सरकारले गलत निर्णय लिन्छ कतिय राजमोका शुभचिन्तक भन्नेहरूलेनै राजमोलाई ब्यंग्य कस्नथाल्छन।कहावतछ”धान खाने मूसा र चोट खाने भेगुता”यही ब्यबहार भयकोछ।यदी राजमोले सरकारलाई बाहिर बाट समर्थन नगरेको भय उनिहरूले राजमोलाई कुन बाणले हान्थे?अहिले भने उनिहरूलाई सजिलो भयकोछ।जेहौस बिरोध गर्नेहरूले मूल जरोलाई छोपेर राजनीतिक प्रहारगरेको स्वाउँछ तर बिना कारणको थोत्रागाला बजाएर आफ्नै मुख दुख्छ।तर पनि बिरोध गर्नेहरूले जस्लाई निशाना बनाएपनि यथार्थमा बिरोधको सामाग्रि भने देशभित्र तैयार भयकोछ।
पेट्रोलियम पदार्थमा बिगत बर्ष देखी लगातार बृधिहुँदा देश भित्र अहिले कतिपय स्वरूममा वाइक पुराना मोडेलका नबिकेर बसेकाछन तर पुराना वाइक बिक्रि गर्नेहरूको बजारमा भिडछ।यसले के बताएकोछ त्यो प्रष्टनैछ देशभित्र त्यो साधनहरूलाई सञ्चालन गर्ने शक्तिनै छैन।
युवाहरूको चाहाना त हुन्छ तर त्यसलाई राखीरहने आयश्रोत हुंदैन पहिले जसरि तसरी किनिहालेपनि तेलको खर्च पुरा गर्न नसक्दा वाइक लिलामी बिक्रिमा बजार पुग्छन।
हाम्रो यस्तो देशहो जहांका युवाहरू बिदेशमा नोकरी खोज्न पुग्छन देशभित्र रोजगार उपलब्द छैन अनि यही देशमा महंगीले आकास छोएकोछ।
भारतमा ७०हजार पर्ने वाइकलाई यहां दुइ लाख ७०हजार पर्छ आठ दश लाख पर्ने कारलाई यहा तिस बत्तिस लाख पर्छ।छिमेकी मुलुक भन्दा दुइ ढाई गुणा महंगो साधन किनेर युवाहरूले आ आफ्नो सोक पुरा गरेकाछन।भारतमा यिनै वाइकको कम्पनिले बिमा गर्छ कुनैपनि वाइकले पाँच बर्ष सम्मको फुल वारन्टी दिएको हुन्छ।पहिलो बर्ष बिमा अनि रोड टेक्स त ग्राहाकलाई लाग्दै लाग्दैन तर नेपालमा त्यो सबै ग्रहाकले तिर्नुपर्छ।
हाम्रो देश भुपरिबेष्ठित देशहो जसलाई जुन सुकै देश भयर समान ओसार पसार गर्न पाउँने नैसंगिक अधिकार हुन्छ।त्यसबारे भन्सारमा पनि कतिपय समानको छुट अन्तरराष्ट्रिय नियम भित्र पर्दछ।तर पनि कम्पनिहरूले भन्सार तिरेकाछन उनिहरूले भन्सार तिरेको दावी गर्छन यो हाम्रो सरकारको कम्जोरीनै हो सरकार बिदेशीको अगाडी सधै नतमस्तक हुन्छ कटपुत्लिको नाच छमछम नाच्छ र दब्बु बन्छ यो त हामिसबैले देखेकै कुराहो।त्यसैको परिणाम कम्पनिहरूलाई यात भन्सार तिर्नुपर्छ वा सरकारले खान्छ वा कम्पनिहरूले जनतालाई सरकार सँग मिलेर लुटेकाछन त्यो उनिहरूलाई थाहाछ तर नागरिक सधैभरी लुटिएकाछन।खाने तेल पहिलो नम्वरको भारतमा १२०रूपिया लिटरछ रूपयालाई बिनिमय गर्दा१९२पर्छ तर यहां४००भन्दा कममा तेल पाइंदैन।डिजल र मट्टिको तेल पनि१६३रूपियाको एक लिटर भयकोछ।
छिमेकी मूलुकमा रासनकाड बाट नागरिकहरूलाई एल पिजि करोसिन र कयौं खादीका बस्त्रहरूमा पनि छुट थियो खुला बिक्रि गर्दा पनि एलपिजि ग्यासको मूल्य नौ सए भारति रूपिंया हुन्छ तर नेपालमा लमसंग सबैलाई एउटै भाउछ नागरिकलाई भनेर छुट्टै कुनैपनि सुबिधाछैन।भारतमा रासनकाड बाट गहुं चिनि अनि चामल जस्ता समानहरू पनि उचित दरमा पाइन्छन।अहिलेको अबस्थामा भारतमा नागरिकको डकुमैन्ट हुन्छ भने त्यो ब्याक्ति लगाउँन र खान नपाएर मरेको सुनिदैन।तर हाम्रो देशमा अहिलेपनि कुपोसणका सिकार भेट्टिन्छन।
हाम्रो देशको सरकारले जनतालाई साग र कुखुरा समेतमा करलगाएर नेताहरूले त्यही पैसामा रजाइं गरेकाछन देश बिदेश घुम्छन उनिहरूलाई बिकासको कुनै चिन्ताछैन।
बरू जनताले उनिहरू मध्यको कुन कुन नेताको बिदेशमा सम्पत्ति घर छ र बैंकमा धन लुकाएकाछन त्यो छान बिन गर्नुपर्छ।नेपालका वैंकलाई भूमाफियाहरूले गर्दा टाट पल्टाईको सामना गर्नुपरेकोछ।सरकारले सभैभन्दा पहिले पालाटिङ्गको कारोबारलाई बन्द गर्नुपर्छ र कृषियोग्य जमिनलाई प्लाटिंग गर्न बन्देज लगाउँनैपर्छ।अहिले उनि बैंकहरू बन्दहुँनु कगारमाछन जजस्ले भुमाफियाहरूलाई रिण दिएर जमिनको कारोवार गर्न मद्त गरेकाथिए।कसैले पनि त्यसबारेमा खोज खबर गर्दैनन्।
हाम्रो देशमा अहिलेपनि पत्रकार बुद्धिजिवी स्वतन्त्र लेखक देशका पछि तर पार्टीका पहिले भयकाछन उनिहरू बिभाजित भएकाछन।एउटा पत्रकारले अपुजिसनमाछ भने बिरोधको लागी बिरोध गरेर लेख्छ पुजिसनमा छ भने जे सरकारले गर्छ त्यसको समर्थनको लागि समर्थन गरेर लेख्छ,त्यसतै कथित बुद्धिजिवीहरूपनि बिभाजित छन।त्यसकारणले गलत पनि पास हुन्छ सहि भयपनि फेलहुन्छ।यस्तो घृणित अबस्था देशकोछ।
अहिले त झन देशको आर्थिकमा टाट पल्टाई हुने निश्चितछ।बैंकहरूले रिण दिन छाड्यो बैंकमा धन छैन अनि देशमा रेमिटेन्स र कर बाहेक आर्को आयश्रोत छैन।अनतरराष्ट्रिय बजारमा महंगी बढेपछी त्यसको पहिलो असर नेपाली जनतालाई परनेगर्छ।अहिले ठिक त्यही भयकोछ यस्तो अबस्थामा जनताले के गर्ने?आन्दोलन गरेपछि पनि जनताको आन्दोलन बाट एउटा अवसरबादी पार्टी वा नेताले फाइदा उठाएकोहुन्छ।जनतालाई त सधैभरी अवसरबादीहरूले उपयोग गरेका हुन्छन।
एउटा राजनीति पार्टी र त्यसको नेतालाई भोट चाहिन्छ त्यसकोलागी प्रवाशमा आर्काको निमेक गरेका श्रमजिविहरूलाई आवहान गरिन्छ देशभित्र गयर फलाना पार्टीलाई मतदान गरेर जिताओ।उनिहरू कुन अबस्थामाछन उनिहरूको समस्य केछ त्यसबारेमा कसैले पनि बुझ्न चाहांदैन उनिहरूको भबिश्य सँगमात्र खेलेकाछैनन् यि राजनीतिक पार्टीहरू उनिहरूका बालबालिकाको भबिस्य सँग समेत खेलवाड गरेकाछन।उनिहरूको बारेमा जुनसुकै सरकार आएपनि कसैले सोंचेकैछैन।अहिले भोट दिए अनि उनिहरू फर्किए कसैको नोकरीछ कसैको छुटेकोहोला जनताले आफ्नो जिम्मेवारी बहन गर्न आ आफ्नो भबिश्य दाउँमा राख्छन कुर्वानि दिन्छन आत्मात्याग गर्छन तर नेताहरूले खोलातरेपछि लौरो बिर्सिन्छन।त्यसैको परिणाम यस्तो कहालि लाग्दो देशको अबस्था सिर्जना भयकोछ।

चर्चामा

सम्बन्धित समाचार