शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • चुनावको बारेमा भन्नु पर्दा!

चुनावको बारेमा भन्नु पर्दा!

  • मङ्लबार, जेष्ठ १०, २०७९
चुनावको बारेमा भन्नु पर्दा!

सुरेशकुमार पान्डे —अब मतपत्रको गिन्ति लगभग सकिन थालेकोछ काडमाण्डौमा पनि बालेनको जित हुन्छ की जस्तो देखिन्छ अंझै भोटको गिन्ति चल्दैछ।कतिपय ठाउँमा महिंलाहरू र दलितहरू पनि विजय भयकाछन।एक ठाउँमा दलितको पुरै टिम विजय भयको र एक ठाउमा मेर र उप मेर दुबै महिंलाहरू विजय भयको पनि समाचारछ।कयौं ठाउमा स्वतन्त्र र कुनैन कुनै पार्टी सँग बिद्रोह गरेकाहरूको पनि अग्रता देखियो वा विजय पनि भयकाछन।
अहिले सम्म आएको रिजल्ट-६सय४८पालिकाको मतपरिणाम कांग्रेस२९१एमाले१७९र एमाओवादी११२वटामा विजय भयकाछन।राजमोले पनि केही ठाउँमा विजय हासिल गरेकोछ।अहिले करिव चालिस वार्डहरू र चार जना अधक्ष र चारैजना उपाध्यक्ष पदमा विजय भयको समाचारछ।
यो स्थानिय निर्वाचनलाई सरसरति हेर्दा एमाले दोस्रो र एमाओवादी तेस्रोमा झरेकाछन।यिनि दुइटा दल २०७८को पुष पांचगते भन्दा पहिले दुइ तिहाईको सरकार चलाएका दल हुन।
त्यो हिसावले मुल्यंकन गर्दा कांग्रेसलाई धेरै फाइदा भयकोछ।नेपाली कांग्रेसको त्यो वेला सम्म दयानिय अबस्था थियो उनिहरू अहिले पहिलो स्थानमा पुगेकाछन यही अबस्थामा र गठबन्धनकै बलमा लड्नेहो भने नेपाली कांग्रेसको केन्द्रमा बहुमतको सरकार नहोला भन्नपनि सकिदैन,यो मेरो नितान्त ब्याक्तिगत बिचारहो।अहिले राजमोलाई गठबन्धन बाट केही फाइदा भयको जस्तो देखिएता पनि खासै फाइदा भएकोछैन।राजमोले किन गरेको थियो गठबन्धन त्यसबारेमा बिस्रितरूपमा पहिलेनै भनिंदै आएकोछ अहिले बिस्रितरूपमै नभयपनि शंक्षिप्तमा भयपनि चर्चा गर्नु शान्द्रभिक होला!राजमोले मुख्य रूपमा देशमा प्रतिगमनलाई रोक्न मात्र गरेको गठबन्धनहो त्यसबारेमा राजमोको महान त्याग पार्टीको सिधान्त भन्दा माथि उठेर गणतन्त्रको रक्षागर्न सफल भयकोछ।राजनीतिक र सैधान्तिक रूपमा थुप्रो बद्नामी झेल्नुपरेता पनि राजमोले देशको गणतान्त्रिक ब्यबस्थाको रक्षा गर्न सफल पनि भएकोछ।लामू समय सम्म जनताले बलिदानीपूर्ण लडाई लडेर ल्याएको सम्बिधानको रक्षा गर्ने कर्तव्य पनि हुन्छ।
राजमोलाई एम सीसी पारित गराउँन सहयोग गरेको जस्ता झुठा आरोपको सामना पनि गर्नु पय्रो।यद्मापि एम सीसीको राजमोले लगातार बिरोध गर्दै आएको कुरा कसैबाट लुकेको पनिछैन।
भनि रहनु नपर्ला ओलिले अप्नाएको तानाशाही र मनोमानि प्रकारको ब्यबहार प्रतिगामि पाइला चाल्दै गर्दा देशमा आएको पहिलो जननिर्वाचित सम्बिधान समेतको माथि गरेको हमलाको बिरूद्धमा पांच दलिय गठबन्धन गरिएको थियो।राजमोले त्यसमा इमानदारी प्रदर्शन गर्न सफल भयकोछ तर अन्य दल नेपाली कांग्रेस र एमाओवादी समेतले स्वयम राजमो सँग कतिपय ठाउँमा वेईमानि गरेकाछन।त्यो मात्रैहोइन उनिहरूले एमाले सँग घोसित रूपमै एकता पनि गरेर चुनाव लडेकाछन।उनिहरूको ब्यबहार राजमोको गढमा राजमोलाई सखाफ पार्नेनै रहेको आभाष भयो।यदि प्रतिगमनको खतरा थियो भन्ने उनिहरूलाई लाग्थ्यो भने किन एमाले सँग उनिहरूले एकता गरे?के नेपाली कांग्रेस र एमावोवादीले त्यो गलतिको आत्मोलोचना गरेर आउला?वा आगामी दिनको निर्वाचनमा पनि यस्तै ब्यबहार गरेर राजमोलाई नोक्सान पुराउँने योजना बनाउलान त्यसबारे उनिहरू आफैले निर्णय गर्ने कुराहो।हामिले सदैभरी वेइमानहरू सँगपनि इमानदार बनेर देखाउदै आएकाछौं अहिले पनि इमानदारीताको प्रदर्शन भयकोछ।तर कतिपय ठाउमा उनिहरूका इमानदार कार्यक्रताले सहयोग पनि गरेकाछन।केही ठाउमा वेइमानी भय भन्दैमा गठबन्दन गर्नुलाई गलत निर्णय भयको भन्न सकिदैन्।
राजमो लाई सैधान्तिक रूपमा बद्नाम गर्ने प्रयातन उनिहरूले गरेका पनि छन पहिलो गठबन्धनको वेला एम सीसीको बारेमा राजमोलाई कुनैपनि जानकारि नगराएर संसदमा पेसगरे र त्यो पारित गराए त्यो पारित गर्दा स्वायम एमाले समेतले सहयोग गरेको थियो।हामिले सुरू देखि भन्दै आएका थियौं एम सीसीको सुपारी धेरैजसो ठुलापार्टीका प्रमुख नेताले खाइ सकेकाछन।
चोर चोर चचेरा भाई भनेको जस्तो सत्ता भाईर बाटपनि त्यो वेला एम सीसी पारित गराउनमा एमालेको सहयोग रह्यो।राजमोलाई पहिलो झट्का त्यँहा लगेको थियो जस्को बिरोध गर्दै आएको थियो त्यसैलाई आफुले भाइरबाट समर्थन गरेको गठबन्धनको सरकारले पारित गय्रो।स्थानिय निर्वाचनको वेलामा पनि कयौं डाउँहरूमा एमाले जस्तो प्रतिगामि शक्ति”उनैको भाषामा”सँग समेत चुनावी एकता भयो।त्यो कसलाई हराउँन गरिएको एकता थियो?राजमो सँग गरेको वेइमानीले निश्चितरूपमा उनिहरूलाई पनि फाइदा हुन सकेकोछैन।देशभित्र आएको मत परिणामले उपरोक्त बिषयलाई प्रष्ट पारेकोछ।निर्वाचनमा अहिले बदर मत धेरै आएकाछन त्यसको बारेमा पछि बिस्रित रूपमा छलफल गर्नुपर्छ।अहिले पनि आफ्नो देशको निर्वाचनमा नागरिकहरू सबैले मतदान गर्न पाएनन् यो सारै दुःख लाग्दो बिषयहो।देशभित्र रोजगार नपाएर आर्काको मुलुकमा परिश्रम गर्न पुगेका आफ्ना नागरिकहरूको मतदानको सुनिश्चित गर्न सक्नुमा यो गठबन्धनको सरकार पनि बिफल भएकोछ।सरकारले सर्वोच्च अदालतको फैसालाई किन अन्देखि गर्दै आएकाछन?त्यसबारेमा जनताले बुझ्न पाउँनुपर्छ।सर्वोच्चको फैसाला “पर्वाशी नेपालीहरूले आफु कार्यरत भयको मुलुकबाट मतदान गर्न सक्ने गरि सरकारलाई दिएको आदेश अहिलेपनि मतदान सुनिश्चित भयकोछैन। यो सर्वोच्चको निर्देशनलाई अहिलेपनि ब्यबहारिकता हुन नसक्नु दुःखको बिषयहो।
जेहौस जनसंख्याको यति ठुलो भागलाई उपक्षा गरेर भयको निर्वाचनलाई कसरि मुल्यांकन गर्ने त्यो अधुरा निर्वाचननै हो भनेर बुझ्दा ठिकहोला जस्तो मलाई लाग्छ।
अब जे स्तरी भयापनि निर्वाचन द्वारा विजय भयका मित्रहरूले जनताले दिएको जिम्मालाई आत्मासाथ गरेर स्थानिय जनतामा परेका समयस्यहरूको बिना भेदभाव समाधान गर्नुपर्नेछ।

चर्चामा

सम्बन्धित समाचार