आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराको बुढीगंगा विवादबारे प्रतिवेदन अध्ययनपछि आयोगले निर्णय लिने

बाजुराको बुढीगंगा विवादबारे प्रतिवेदन अध्ययनपछि आयोगले निर्णय लिने

  • मङ्लबार, जेष्ठ १०, २०७९
बाजुराको बुढीगंगा विवादबारे प्रतिवेदन अध्ययनपछि आयोगले निर्णय लिने

बाजुरा– निर्वाचन आयोगले स्थलगत अध्ययन प्रतिवेदनको अध्ययनपछि मात्रै बाजुराको बुढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना गर्ने भन्ने निर्णय लिने भएको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगलाई बूढीगंगा नगरपालिकाको स्थलगत अध्ययन प्रतिवेदन प्राप्त भइसकेको छ। त्यहाँ आयोगका आयुक्त सगुनशम्शेर राणा संयोजकत्वको टोली आएको थियो।

प्रतिवेदनको अध्ययनपछि प्रमुख निर्वाचन आयुक्तसँगै आयुक्तहरूको बैठकले के गर्ने भन्ने निर्णय लिने सहायक प्रवक्ता अर्यालले बताए। उनले भने, ‘माननीय सगुनशम्शेर जबरा नेतृत्वको स्थलगत अध्ययन टोलीको प्रतिवेदन आइसकेको छ। माननीय रामप्रसाद भण्डारी नेतृत्वको अध्ययन टोलीको प्रतिवेदन आउन बाँकी छ। प्रतिवेदनको अध्ययनपछि माननीय आयुक्तहरूको बैठकले जे निर्णय गर्छ त्यही हुन्छ।’

चर्चामा

सम्बन्धित समाचार