बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • आगोले जलेकि बाजुराकी २३ बर्षयि महिलाको उपचारमा समस्या

आगोले जलेकि बाजुराकी २३ बर्षयि महिलाको उपचारमा समस्या

  • मङ्लबार, जेष्ठ १०, २०७९
आगोले जलेकि बाजुराकी २३ बर्षयि महिलाको उपचारमा समस्या

बाजुरा–आगोले जलेकि बाजुराकी एक महिला आर्थिक अभाबमा समस्या परेकि छन् । बुढिगंगा नगरपालिका वडा नम्बर १० बस्ने २३ बर्षकि लोकशरी कुवर अछामको बयलपाटा अस्पतामा रहेकि छन् ।
बयलपाटा अस्पताले उपचार सम्भब नभएको भन्दै रिफर गरेको भएपनि पैसा नहुदा अस्पतालमा उपचारमा अभाबमा बेडमै थन्किएछि छन् । जेठ ३ गते घरमै आगाले जलेकी कुवरलाई आफन्तले उपचारका लागि अछामको बयलपाटा अस्पतालमा पुयाएका थिए । लोकशरीको २२ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।
अस्पतालले काठमाडौ रिफर गरेको छ, तर पैसा नहुदा काठमाडौ लिन नसकेको लोकशरीका श्रीमान एकेन्द्र कुवरले वताएका छन् । यहाँ पुयाउन त पैसा थिएन् काठमाडौ पुयाउन त झनै ग्राहो रहेको उनले वताए । काठमाडौ सम्म एम्बुलेन्श भाडा मात्र ६० हजार माथि लाग्ने गरेको छ । बयलपाटा अस्पतालका स्वास्थ्यकर्मी छत्र साउदका अनुसार अस्पातलले रिफर गरेको भएपनि पैसा नहुदा अस्पातलमै रहेको वताए । उनको काठमाडौमै लगेर उपचार गनुपर्ने अस्पतालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार