शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • विवाहको कुरा छिनेर फर्केका बाबु र छोराको हत्या

विवाहको कुरा छिनेर फर्केका बाबु र छोराको हत्या

  • आइतवार, जेष्ठ ८, २०७९
विवाहको कुरा छिनेर फर्केका बाबु र छोराको हत्या

लहान — सिरहाको अर्नमा गाउँपालिकामा गएराति बाबु र छोराको हत्या भएको छ।

घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका– १ महनौर निवासी ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो।

सन्त कुमारको यही जेठ ११ गते विवाहको कुरा छिनिएको र गाउँमा विवाह गीत गाएर करिब १२ बजे सुतेपछि दुबैको हत्या भएको स्थानीयवासीले बताएका छन्। उनीहरुका अनुसार राति करिब १२ बजेसम्म गीत बजिरहेको थियो, बिहानपख करिब ३ बजे हत्याको घटना गाउँभरी फैलिसकेको हुनाले करिब २ बजेको आसपासमा सो घटना भएको हुनसक्ने अनुमान छ।

घटनाको जानकारी पाएलगतै बिहान ४ बजे पुगेको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए। ‘घटना भएको छ, हामीले विभिन्न ढङ्गले अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘हत्या कसले र किन गरेको भन्नेबारेमा केही खुल्न सकेको छैन, हामीले अनुसन्धान गरिरहेका छौं।’

प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको जनाएको छ। रासस

चर्चामा

सम्बन्धित समाचार