शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • देश
  • ‘पासो’को ट्रेलर : यौनहिंसाविरुद्ध रिस्ताको बदला

‘पासो’को ट्रेलर : यौनहिंसाविरुद्ध रिस्ताको बदला

  • आइतवार, जेष्ठ ८, २०७९
‘पासो’को ट्रेलर : यौनहिंसाविरुद्ध रिस्ताको बदला

काठमाडौं — रिस्ता बस्नेत र सुनिशा बजगाईंको मुख्य भूमिका रहेको फिल्म ‘पासो’को ट्रेलर रिलिज भएको छ । फिल्म कात्तिक २५ गते प्रदर्शन हुनेछ । ट्रेलरमा दुई युवतीलाई बन्धक बनाएर दिइएको यातना चित्रण गरिएको छ । सस्पेन्स, एक्सन र थ्रिलर फिल्ममा रिस्ताले एक्सन दृश्य पनि पस्किएकी छन् ।

बीआर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई आरबी पुनले निर्देशन गरेका हुन् । फिल्ममा रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको समेत मुख्य भूमिका छ ।

सूर्य दयालुको संगीत रहेको फिल्मको पटकथा र संवाद पनि निर्देशक समेत रहेका पुनले लेखेका हुन् । उत्तम हुमागाईंको छायांकन रहेको फिल्ममा भूपेन्द्र अधिकारीको सम्पादन र सुरज बसेलको नृत्य निर्देशन छ ।

कार्यकारी निर्मातामा राजकुमार राउत छन् । चलचित्रले युवती बलात्कार, हत्या र बदलाको कथा भनेको छ । चलचित्रलाई काठमाडौं बाहिर एफडी कम्पनी र काठमाडौंमा जीजीए ग्रुपले वितरण गर्नेछ ।अनलाइनखबरबाट । 

चर्चामा

सम्बन्धित समाचार