शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • स्थानिय सरकारका नव निर्वाचित जनप्रतिनिधिलाई निःशुल्क दश सुझावहरु

स्थानिय सरकारका नव निर्वाचित जनप्रतिनिधिलाई निःशुल्क दश सुझावहरु

  • शुक्रबार, जेष्ठ ६, २०७९
स्थानिय सरकारका नव निर्वाचित जनप्रतिनिधिलाई निःशुल्क दश सुझावहरु

संघियता पछिको दोस्रो पटक स्थानिय तहको निर्वाचन २०७९ सम्पन्न भएको छ भने अन्तिम मत परिणाम आउनेक्रम जारी छ । २०७९ जेठ ५ गते राती १२ वजे वाट पुराना निर्वाचित जनप्रतिनिधिको समयावधि सकियको छ भने ६ गते देखि नवनिर्वाचित जनप्रतिनिधिहरुले औपचारीकरुपमा जिम्मेवारी ग्रहण गर्दैछन् । यस सन्दर्भमा संघियता पछिको पहिलो निर्वाचित स्थानिय सरकार र त्यस सरकारका जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकाल केही सफल, केही असफल र केही मिश्रीतरुपमा अगाडी वढेको देखिन्छ । अवको दोस्रो पटक निर्वाचित जनप्रतिनिधिहरुलाई पहिलोको तुलनामा निकै वढी अवसर र निकै वढी चुनौति थपिएको यस सन्दर्भमा एउटा नागरिकका हिसावले स्थानिय सरकारलाई जनमुखी र परिणाममुखी वनाउन केही सुझावहरु प्रस्ताव गर्न चाहान्छू ।
१. स-साना कामवाट कामको थालनी गर्नुहोस
हामी प्राय एकैचोटी ठुलो काममा हात हाल्छौ र त्यहिवाट शुरु गर्न चाहान्छौ यसो गर्दा ठुलो कामका चुनौती पनि ठुलै हुन्छन् र ति कामका पछि लाग्दा लाग्दै सामान्य भुँईमान्छेका अत्यावश्यक सेवाहरु थाति रहन्छन् जसले गर्दा आम मान्छेमा विस्तारै निरासा वढ्दै जान्छ र चुनौति पनि थपिदै जान्छन् । त्यसैले सवै भन्दा पहिले स साना सजिलै गर्न सकिने र सेवा प्रवाहसँग जोडियका कामहरुवाट शुरु गर्नुहोस जस्तै सेवा ग्राही कार्यालयमा आउँदा आरामपुर्वक वस्ने ठाउँ, सोधपुछ कक्ष, सजिलै शुद्ध पिउने पानिको व्यवस्था, शौचालयको व्यवस्था, सेवाग्राहीका लागि आवश्यक पर्ने विभिन्न स्टेसनरीहरु जस्तै कागज, हुलाक टिकट, फोटोकपी, फोटो खिच्ने व्यवस्था, आवश्यक विभिन्न निवेदन तथा अनुसुचि फर्मेटहरुको उपलव्धता, कार्यालयको व्यवस्थापन र कार्यालयका कर्मचारीहरुको सेवाग्राही मैत्री वोली तथा व्यवहार जस्ता कुराहरु चुस्त वनाउनुहोस ता कि तपाँईको कार्यालयमा आएको सेवाग्राहीले कुनै पनि सेवा लिन कुनै झण्झट तथा सास्ति व्यहोर्नु नपरोस । यसवाट हरेक विहानीले दिउसोको संकेत गर्छ भने जस्तै तपाँईको उपस्थिति पश्चातको कार्यालयको सेवा प्रवाहले तपाँईका नागरिक निकै प्रभावित हुनेछन् र तपाँईका अन्य महत्वपुर्ण काममा पनि साथ सहयोग र समर्थन जनाउनेछन् ।नागरिकले तपाँईवाट खोजेको र अपेक्षा गरेको भनेको नै आधारभुत सेवा नै हो । यसलाई प्रभावकारी वनाउनु तपाँईको कर्तव्य र जिम्मेवारी दुवै हो ।
२. कर्मचारीलाई उत्प्रेरीत गर्नुहोस
अघिल्लो कार्यकालमा लामो समयको रिक्तता पछि निर्वाचित भई आएका जनप्रतिनिधि र लामो समय सम्म जनप्रतिनिधिको रिक्ततामा उनिहरुको अधिकार समेत आफैले प्रयोग गर्दै आईरहेको कर्मचारीतन्त्रमा कहि न कहिँ आ आफ्नै खालका मनोविज्ञान रहेको पाईयो । कर्मचारीतन्त्रमा म त लोक सेवा पास गरेर आएको स्थायी सरकार हुँ नि यीनिहरु जस्ता जनप्रतिनिधि आँउछन् जान्छन् भन्ने सोच र जनप्रतिनिधिमा पनि लमो समयको अन्तराल पछि संवैधानिक अधिकार सहितको स्थानिय सरकारको जनप्रतिनिधि हुँ नि मैले भनेको नमान्ने वा नटेर्ने म लाई त जे गर्न पनि छुट छ नि भन्ने सोचाईका कारण कर्मचारीन्त्रमाथि थोपरीएको दवावका कारण विभिन्न विवादहरु सृजना भए जसले गर्दा कर्मचारीतन्त्रले सक्रियताका साथ काम नगर्दा स्थानिय सरकार नै असफल वन्न पुगेको अवस्था देखियो त्यसैले तपाँईको दिमागले सगरमाथा चढ्ने सोच वनाउदैमा सगरमाथा चढ्न सकिदैन त्यसका लागि दिमागले सोचेपछि कार्यान्वयनमा लैजाने भनेको तपाईँका शरिरका हात खुट्टा लगायतका अंगहरु हुन् ति भनेका कर्मचारी हुन् त्यसैले जव सम्म कर्मचारीलाई उत्प्रेरित गरी उनिहरुलाई यो काम मेरो हो मैले नगरे कसले गर्ला भन्ने जिम्मेवारी वोधका साथ फूल गेयरमा उच्च मनोवलका साथ काम गराउने वातावरण तयार हुँदैन तव सम्म काममा सफलता प्राप्त गर्न सकिदैन । यसका लागि कर्मचारीलाई उपलव्ध साधनस्रोत हेरी कर्मचारी पुरस्कार योजना, केही प्रतिशत भत्ताको सुविधा, संचार भत्ता वा खाजा भत्ताको व्यवस्था गर्न सकिन्छ भने कार्यसम्पादन मुल्याङ्कन करार सम्झौता समेत गरी उनिहरुलाई कानुनि, आर्थिक र नैतिक हिसावले उत्प्रेरीत गरी अधिकतम काम गर्ने वातावरण सृजना गर्नुहोस र कर्मचारीलाई राजनीतिक आस्थाको आधारमा समर्थन वा विभेद गर्ने नभई कामको आधारमा दण्ड वा पुरस्कार दिने वातावरणको सृजना गर्नुहोस । कर्मचारीले उत्प्रेरीत भएर काम नगर्दा सम्म तपाँईले जतिसुकै राम्रो नीति तथा योजना वनाएपनि सफल हुन सक्दैन तसर्थ कर्मचारीतन्त्रको भरपुर उपयोग गर्ने वातावरण सृजना गर्नुहोस ।
३. योजना वैंक वनाउनुहोस
सवै वडामा आम नागरिक र विषयगत कार्यालय/शाखा तथा सरोकारवाला निकायको उपस्थितिमा आमभेलाको आयोजना गरी व्यापक छलफल गरी उनिहरुको तर्फवाट माग भई आएका विकासका योजनाको सुचि तयार गरी प्राथमिकिकरण गर्नुहोस । जस्तै एक वर्षमा सम्पन्न हुने अत्यावश्यक योजना, एक देखि तिन वर्ष सम्ममा सम्पन्न हुने मध्यकालिन योजना, ३-५ वर्षमा सम्पन्न हुने दिर्घकालीन योजनाको सुचिमा राखेर ति सवै योजनाको लागत अनुमान तयार गरी योजना वैंक तयार गर्नुहोस । त्यो योजना वैंकको आधारमा आफैले सम्पन्न गर्न सक्ने, प्रदेस वा संघिय सरकारको सहयोग आवश्यक हुने तथा गैर सरकारी क्षेत्रको सहयोग उपलव्ध हुन सक्ने हिसावले योजनाको समन्वय गरी कार्यान्वयन गर्नुहोस यसवाट ५ वर्षमा तपाँईले गर्न खोजेको विकास र योजनाको खाका तथा विवरण स्पष्ट आउने भएकोले संस्थागत विकासको शुरुवात हुन गई समय र साधन स्रोतको समेत उचित प्रयोग हुन गई नागरिकलाई देखिने गरी विकासको अनुभुति दिलाउन सकिने अवस्थाको सृजना हुनेछ ।यसवाट झ्यालवाट योजना समावेश हुने प्थाको अन्त भई संस्थागत विकासको शुरुवात हुन्छ । यसले स्थानिय सरकारलाई सफल वनाउन महत्वपुर्ण आधार तयार गर्नेछ ।
४. लगानीको आधार उत्पादन र रोजगारीलाई वनाउनुहोस
हाम्रो देशमा विकासको जति सुकै ठुलो कुरा गरेपनि हाम्रो अर्थतन्त्र दिनानुदिन ओरालो लाग्दै गईरहेको अवस्थामा देशको सामु दुईवटा ठुलो चुनौति जल्दो वल्दो अवस्थामा छ किनकि हरेक स्थानिय सरकारले यस क्षेत्रमा ध्यान नदिदा सम्म प्रदेस वा संघ सरकारले मात्रै सोचेर केही हुनेवाला छैन त्यसैले हामीले खर्च गर्ने वजेटले अनिवार्यरुपमा दुईटा क्षेत्रलाई सम्वोधन गर्नुपर्छ । एउटा हो उत्पादन वृद्धि र अर्को रोजगारीमा वृद्धि । कुन ठाउँमा गरिएको एक रुपैया लगानीले वढी भन्दा वढी प्रतिफल वा उत्पादन दिन्छ भन्ने कुराको निर्क्यौल गर्नुपर्छ र त्यहि अनुसार वजेटको उपयोग गर्नुपर्छ भने हामीले खर्च गर्ने वजेटले कति जनालाई कसरी कति समयको रोजगारी दिन्छ भन्ने कुराको विश्लेषण गरेर मात्रै वजेट विनियोजन गरी खर्च गर्ने वातावरण तयार गर्नुपर्छ यसवाट देशको वढ्दो व्यापार घाटा कम गर्न सहयोग पुग्नेछ भने रोजगारीका कारण लाखौ युवा विदेसिने अवस्थाको अन्त भई देशमै श्रमको प्रयोग हुनेछ यसवाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हामीले भन्ने गरेको राष्ट्रवाद् वलियो भएर आउनेछ भने उत्पादन र रोजगारीका माध्यमवाट अर्थतन्त्र मजवुत हुन गई यसवाट समाजवादको आधार समेत तयार हुनेछ । वजेटको लगानी भनेको उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने कार्यक्रममा केन्द्रित गर्नु उपयुक्त हुन्छ ।
५. सादगीपन कायम गर्नुहोस
तपाँईलाई जनप्रतिनिधि हुनुभन्दा अगाडी पनि नागरिकले राम्रोसँग देखेका भोगेका र सुनेका छन् । नागरिकले तपाँईलाई जनप्रतिनिधिमा निर्वाचित भएपश्चात पनि हिजोको एउटा सामान्य नागरिकको रुपमै देख्न चाहेका छन् अर्थात अझ भनौं हिजोको भन्दा लवाई खवाई हिडाई वोलाईमा सादगीपन र सरलपन खोजिरहेका छन् । किनकि हिजो तपाँई एक स्वत्नत्र नागरिक हुनुहुन्थ्यो र तपाँईको आफ्नै स्वत्नत्र जीवन थियो तर अव तपाँई एउटा जनताको सेवक जनप्रतिनिधि हो र तपाँईको काँधमा जिम्मेवारी थपियको छ भने अव तपाँईको जीवन व्यक्तिगत हैन सार्वजनिक हो त्यसैले तपाँईका हरेक क्रियाकलापमा नागरिकको समर्थन र विरोध हुनेछ त्यस अर्थमा जति सकिन्छ सादगीपन र सरलतामा जीउनुहोस ता कि अरु मान्छेले तपाँईको व्यक्तित्वको वारेमा कुरा काट्दै हिड्ने वातावरण तयार नहोस । यसवाट तपाँईलाई काम गर्नका लागी थप नैतिक वल र सहयोग र समर्थन जुट्ने छ ।नागरिकले तपाँईलाई हरेक पाईला पाईलामा नियालीरहेका हुनेछन् हिजोको तपाँई र आजको तपाँईमा के कति भिन्नता आयो भनेर ।
६. न्युन भ्रष्ट्राचार र अधिकतम पारदर्शिता कायम गर्नुहोस
हिजो आज जहाँतही स्थानिय सरकारका जनप्रतिनिधिलाई लाग्ने आरोप भनेको नै भ्रष्टाचार गर्यो भन्ने हो । यसवाट वच्न त्यति सजिलो त छैन तथापि व्यक्त वा अव्यक्तरुपमा चरमरुपमा हुने गरेको भ्रष्टाचारलाई सके सम्म न्युनिकरण गर्नुहोस । जस्तै उदाहरणका लागि रु १०० मा ५ देखि १० रुपैया सम्मको वदमासी वा अनियमितता भनेको नीतिगत वा वाध्यात्मक अनियमितता हो भन्न सकिन्छ देशको वर्तमान् अवस्था र संयन्त्रका काम गर्ने तौर तरीकाका आधारमा तर कम्तिमा पनि ९० देखि ९५ रुपैंया वरावरको काम गुणस्तरीय तरीकाले ईमान्दारीताका साथ गर्ने हो भने पक्कै पनि उल्लेख्य प्रगति भएको देख्न सकिने अवस्था छ । यहाँ त फल खाने नभई वोटै उखेल्ने किसिमको अनियमितता वा भ्रष्टाचारले देश उभो लाग्न नसकेको कुरा जगजाहेर नै छ त्यसैले सकिन्छ सुन्यमा झारौं तर नेपालमा वर्तमान् अवस्थामा यो एउटा हाईपोथेटिकल कुरा जस्तो लाग्ने भएर यसलाई ५ देखि १० प्रतिशत भन्दा कुनै पनि हालतमा वढ्न नदिने प्रतिवद्धता सहितको संकल्प गर्नुहोस र स्पष्ट नतिजा देखिने गरी काम गर्न शुरु गर्नुहोस त्यसैगरी जे गरिन्छ जहाँ गरिन्छ जसका लागि गरिन्छ त्यो कुराको पारदर्शिता कामय गरौं ता कि हरेक नागरिकले स्थानिय सरकारका हरेक गतिविधिहरु छ्याङ्गै हेर्न चाहान्छन् । यसवाट कहि गल्ति भएको रहेछ भनेपनि सुधार गर्ने मौका प्राप्त हुनेछ भने पारदर्शितावाट तपाँईमा जवाफदेयीता वढ्ने छ यसवाट स्थानिय सरकार सफल वनाउन थप सहयोग पुग्नेछ ।

७. पार्टीको कार्यकर्ता हैन असल जनप्रतिनिधि वन्नुहोस
तपाँई निर्वाचनमा कुनै पार्टिको तर्फवाट उम्मेदवार वन्नुभयो होला र विजय पनि प्राप्त गर्नुभयो होला तर तपाँई निर्वाचनको दिन सम्म मात्रै पार्टिको उम्मेदवार हो जव निर्वाचन सकियो विजय हुनुभयो त्यो दिन देखि तपाँईका स्थानिय तहका सवै नागरिकको जनप्रतिनिधि हो त्यसैले जनप्रतिनिधिको त्यो कुर्सीमा वस्दा सम्म म पार्टीको कार्यकर्ता नभई नागरिकको जनप्रतिनिधि हुँ भन्ने कुराको राम्रो ख्याल गरी तपाँईको स्थानिय सरकारवाट सवै नागरिकलाई समान व्यवहार गर्नुहोस । विगतमा आफुलाई मतदान नगरेको आधारमा वा आफ्नो पार्टीको कार्यकर्ता नभएको आधारमा कतिपय सामान्य सिफारिस जस्ता सेवा सुविधावाट समेत नागरिकले वञ्चित हुनुपरेको अवस्था देखेका छौं यस्तो कुरा सरासर तपाँईको अपराध हो र यस्तो गर्ने छुट कसैलाई पनि छैन किनकि तपाँईको तलवभत्ता तपाँईका कार्यकर्ताले मात्रै दिएको दान हैन त्यो हरेक नागरिकको रगत र पसिनावाट तिरेको करको हिस्सा हो। यदि यो वा त्यो कारणले पक्षपात गरिहाल्नु भयो भने पनि एउटा कुरा याद् राख्नुहोस शक्ति र पैसा सधै एउटैको हातमा कहिल्यै पनि रहँदैन त्यसैले तपाँईको कार्यकाल जम्मा पाँच वर्षको हो अजम्मवरी हैन तर तपाँईको व्यवहार अजम्मवरी र तपाँईको जिवन प्रयन्त पनि हो किनकि तपाँईलाई मानिसले मरेपछि पनि सम्झिनका लागि केही न केही त गरेको हुनुपर्यो नि त्यसैले पार्टी हेरेर प्रदान गरिने सेवाको माध्यमवाट पार्टीको एक असल कार्यकर्ता त वन्न सक्नुहोला तर नागरिकको असल जनप्रतिनिधि कहिल्यै वन्न सक्नुहुन्न ।
८. हाम्रालाई हैन राम्रालाई रोजगारीका अवसर प्रदान गर्नुहोस
हिजो आज हरेक स्थानिय तहमा हुने विवाद भनेको प्राप्त रोजगारीका अवसरमा मेरो मान्छे र तेरो मान्छे नै हो यसवाट तपाँईलाई फाईदा भन्दा वेफाईदा वढी हुन्छ । यसवाट हुने वेफाईदाहरुमा तपाँई सिमित अवसर सवै कार्यकर्तालाई दिन सक्नुहुन्न एउटालाई दिदा अर्को तपाँईको आफ्नै कार्यकर्ता असन्तुष्ट हुने निश्चित छ, मानिसको लोभ र अपेक्षा कसैले पनि पुरा गर्न सक्दैन तसर्थ जसलाई अवसर दिनुहुन्छ त्यसले राम्रोसँग प्रभावकारीरुपमा काम गर्ने केही ग्यारेण्टी छैन किनकि उ राजनीतिक आडमा नियुक्त भएकोले उसलाई उसले गर्ने कामको प्रभावकारीता भन्दा राजनीति प्यारो लाग्छ, यो पद्धतिवाट व्यक्तिलाई रोजगारीको अवसर दिदा नागरिकमा मेहनत र प्रतिस्पर्धा गर्ने वानीको विकास हुँदैन जसले गर्दा पछि गयर हरिलठ्ठक नागरिक मात्रै उत्पादन हुने सम्भावना वढेर जान्छ । उदाहरणका लागि गण्डकि प्रदेसको गुल्मि, स्याङ्जा र शुदुरपश्चिमको वाजुरालाई तुलना गरे पुग्छ ।त्यस अर्थमा वरु पढ्ने वातावरण तयार गरौं कम्तिमा पालिका स्तरमा प्राप्त हुने रोजगारीका आवसरलाई मात्रै निश्पक्ष, पारदर्शि र प्रतिस्पर्धि वनाई दिनु भयो भने वरु थोरै व्यक्तिले मात्रै तत्कालका लागि अवसर प्राप्त गर्लान तर ति थोरै व्यक्तिले आफ्नो क्षमता माथि विश्वास गरेर आफुले गर्ने कामलाई पनि अधिकतम राम्रो वनाउने कोसिस गर्नेछन् भने सवै नागरिकमा पढ्ने र प्रतिस्पर्धा गर्ने संस्कृतिको विकास हुन गई देशका तमाम प्रतिस्पर्धामा भाग लियर रोजगारी प्राप्त गर्ने हिम्मत राख्नेछन् । आज राम्रालाई हैन हाम्रालाई अवसर दिने जुन संस्कृतिको विकास गर्यौं यसवाट हामी कोही पनि उभो नलाग्ने निश्चित छ । त्यसैले अवसर सवैका लागि समान तथा हाम्रालाई भन्दा राम्रालाई काम गर्न लगाईयो भने अपवाद् वाहेक राम्राले गर्ने काम पनि राम्रै हुने र त्यसको प्रतिफल वा नतिजा पनि राम्रै हुनेमा कुनै शंका छैन ।यसो गर्न सकेमा पालीका स्तरमा हुने विवाद आधा भन्दा वढीले घट्ने र एक से एक योग्य नागरिक उत्पादन हुनुका साथै हरेक नागरिकको तपाँई प्रतिको भरोसा उल्लेख्यरुपमा वढेर जानेछ यसवाट तपाँईको राजनीतिक भविष्य थप उज्जवल हुने कुरामा दुईमत छैन ।

९. सुचना र प्रविधिको अधिकतम उपयोग गर्नुहोस
वर्तमान समय भनेको सुचना र प्रविधिको समय हो । यहाँ हरेक केहि मिनेट वा सेकेण्डमा दुनियामा केही न केही नयाँ गतिविधिहरु भईरहेका हुन्छन् ति मध्येका उत्कृष्ट काम वा गतिविधि वा अभ्यासहरुलाई आफ्नो पालिका अनुकुल हुने गरी प्रयोग गर्न सकिने प्रसस्त सम्भावाना रहेको छ । त्यसै गरी सामाजिक सञ्जालको सृजनात्मक प्रयोगवाट समेत समाज रुपान्तरणका तमाम गतिविधिहरु संचालन गर्न सकिन्छ । कुनै पनि उत्पादनका लागी वजार खोज्ने देखि लिएर कुनै समस्याको सामाधान पत्ता लगाउने वा दुनियामा भईरहेका उत्कृष्ट गतिविधिहरुको अध्ययन गर्न सुचना र प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ । आजको दुनियामा जो सँग जति वढी सुचना छ त्यो व्यक्ति वा संस्था नै वलियो वा धनि मानिन्छ त्यसैले सुचना र प्रविधिको प्रयोगवाट हामी आफ्नो स्थानिय सरकारका काम कर्वाहीहरुलाई नमुनायोग्य एवम उत्कृष्ट वनाउन सक्छौं ।
१०. सुझाव तथा गुनासो पेटीका व्यवस्थापन
प्राय सवै जसो कार्यालयमा औपचारीकता पुरा गर्न गुनासो पेटीका वा सुझाव पेटीका राखिएको पाउँछौं तर त्यो राख्दैमा त्यसको प्रभावकारीता वढ्ने हुँदैन रहेछ । आज हरेक नागरिकले हरेक घटनामा विभिन्न माध्यमवाट कुनै न कुनै किसिमको प्रतिक्रिया वा सुझाव वा सल्लाह दिई रहेका हुन्छन् तर ति सुझावहरु न त कहि लिपिवद्ध हुन्छन् न तिनको कुनै हिसावकिताव वा लेखाजोखा हुन्छ न त त्यसको कुनै अर्थ र महत्व नै हुने गरेको छ न त सुनुवाई नै । भन्नेले पनि कसका लागि भनेको हो थाहा छैन सुन्नेले पनि एक कानवाट सुन्यो उडायो । वरु कहिलेकाँहि उस्तै प्रकृतिको कतिपय सुझावहरु विज्ञको नाउँमा विभिन्न अध्ययन प्रतिवेदनका माध्यमद्धारा परामर्सदातावाट महङ्गो मुल्य तिरेर मागीरहेका हुन्छौं । त्यसैले कुनैपनि विषयमा केन्द्रित भएर पालीका स्तर वा अन्य वाहय नागरिकवाट समेत हामी निशुल्क सुझाव तथा सल्लाह माग गरी तिनको कार्यान्वयन मार्फत उत्कृष्ट स्थानिय सरकार वनाउन सक्छौं । यसका लागी हरेक वडा कार्यालय तथा पालिका स्तरमा सुझाव संकलन गर्ने व्यवस्था गर्नुका साथै सुचना र प्रविधिको उपयोग गरेर पनि पालिका वाहिरवाट समेत सुझाव संकलन गरी उक्त सुझावहरुको अध्ययन एवम विश्लेषण गरेर त्यसवाट उपयुक्त निचोड निकाली त्यसका आधारमा काम गर्न सकेमा पालिका स्तरमा संचालन गरिने विभिन्न काम तथा कार्यक्रमहरु झन प्रभावकारी हुने देखिन्छ तसर्थ निःशुल्क प्राप्त हुने यस किसिमका सुझावहरुलाई विश्लेषण गरी उपयुक्त सुझावको कार्यान्वयन गर्ने व्यवस्था मिलाउनु पर्दछ । स्थानिय सरकारका विषयमा पनि नागरिकका तमाम गुनासाहरु हुन सक्छन् र हुन्छन् तथापि ति तमाम गुनासाहरुलाई विभिन्न माध्यमवाट संकलन गरी ति गुनासोहरुको विश्लेषण गरी यथासक्य छिटो समाधान गर्ने संयन्त्रको विकास गरी ति समस्या समाधान तर्फ विषेश जोड दिनु पर्छ यसवाट नागरिक प्रति जवाफदेयी र उत्तरदायी स्थानिय सरकार भएको प्त्याभुति आम नागरिकले गर्न पाउनेछन् । आजको दुनियाँमा नागरिकले तपाँईवाट शाशित वन्न चाहेका हैनन् तपाँईवाट विभिन्न समस्याको सहजीकरण चाहेका हुन् त्यसैले हरेक गुनासाहरुको समाधानका लागि सहजीकरण गर्नु तपाँईको मुख्य दायीत्व हो ।
अन्तमा स्थानिय सरकार भनेको नागरिकको सवै भन्दा नजिकको सरकार हो उ सँग नागरिकका थुप्रै अपेक्षा हुनु स्वभाविक पनि हो । हरेक गतिविधि देखि लियर आधारभुत आवश्यकता सम्मको सवै क्रियाकलापमा स्थानिय सरकारको महत्वपुर्ण भूमिका रहेको छ । स्थानिय सरकारले जति प्रभावकारीरुपमा काम गर्न सक्यो उति नै नागरिकहरु पनि खुसी र सन्तुष्ट हुने भएकोले नागरीकको अधिकतम सन्तुष्टि हुने गरी भुँई मान्छेहरुको दुःख मा मल्हम लगाउने किसिमले थोरै तर प्रभावकारी काम गर्न सकियो भने मात्रै पनि स्थानिय सरकारको सफलतासँगै तपाईको नेत्तृत्वको सफलता वा असफलताको पनि मापन हुने भएकोले राजनीति र व्यवस्था प्रतिको आम नागरिकको निराशालाई न्युनिकरण गर्दै देश विकासको आधार निर्माण गर्न अति आवश्यक भईसकेको सन्दर्भमा स्थानिय सरकार र सरकार संचालन गर्ने जनप्रतिनिधिहरुले विभिन्न कुराहरुलाई आत्मसाथ गरी अघि वढ्नुपर्ने आजको आवश्यकता रहेको छ । देश खत्तम भयो भनेर चौतारोमा गालि गर्नु मात्रै पनि समस्याको समाधान हैन त्यसैले हरेकले आफुलाई प्राप्त जिम्मेवारी लाई उचित र प्रभावकारी ढङ्गले पुरा गरी आफ्नो तर्फवाट सकेको राम्रो र प्रभावकारी काम गर्नुको विकल्प छैन किनकि थोपा थोपा मिलेर नै सागर वन्ने हो हरेक एक पाईलाको हिडाईवाट नै गन्तव्यमा पुगिने हो । जति सकिन्छ त्यति गरौं, आफुलाई प्राप्त जिम्मेवारी प्रभावकारी ढङ्गले पुरा गर्ने ईमान्दार प्रयास गरौं ता कि हामी सवैको एउटै लक्ष भनेको समाजको रुपान्तरण र विकास नै हो ।
(लेखक कृषि ज्ञान केन्द्र वाजुरामा कृषि अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ )

चर्चामा

सम्बन्धित समाचार