शनिबार, मंसिर २१, २०८२

गजल!

  • बिहिबार, जेष्ठ ५, २०७९
गजल!

बिधुतले पनि सधै भरी नै दिक्दार भयो,
आउँन भन्दा पनि जानलाई हतार भयो।

चुनाव भय पछि अघोषित कट लागौंदा,
लाग्छ आपसमै सल्हागरे अनुसार भयो।

सुनिन्थ्यो बिधुत धेरै उत्तादन भएकोछ,
त्यो त मात्र चुनाव लड्ने हतियार भयो।

पानीको खानी भएकै देश भन्छन याहाँ,
पिउँने पानीकै लागी लड्ने आधार भयो।

हो साम्राज्यवाद को लागी राम्रो भएपनि,
जनतालाई उस्तै घांडो यो सरकार भयो।

भन्नलाई त समावेसी समाजबाद भन्छन,
तरपनि ब्यबस्थाभित्र झनै भ्रष्टचार भयो।

चर्चामा

सम्बन्धित समाचार