• होमपेज
  • देश
  • वडाध्यक्ष विजयी भएको एक सातापछि नखोलिएको मतपेटिका भेटिएपछि…

वडाध्यक्ष विजयी भएको एक सातापछि नखोलिएको मतपेटिका भेटिएपछि…

  • बिहिबार, जेष्ठ ५, २०७९
वडाध्यक्ष विजयी भएको एक सातापछि नखोलिएको मतपेटिका भेटिएपछि…

काठमाडौँ — महोत्तरीको बर्दिबास नगरपालिकामा एउटा मतपेटिकाको मतै नगनि वडाध्यक्ष विजयी भएको घोषणा गरेको पाइएको छ। बर्दिबास वडा नम्बर(८ को नतिजा सार्वजनिक भएको ६ दिनपछि खोल्दै नखोलिएको एउटा मतपेटिका फेला परेको हो। मतपत्रले भरिएको मतपेटिका फेला परेपछि मतगणना स्थलमा खैलाबैला मच्चिएको छ। बर्दिबास नगरपालिकाको मतगणना एक सातादेखि बर्दिबासस्थित कभर्ड हलमा चलिरहेको छ।

सबै वडाको मतगणना सकेर बर्दिबास ९ को अन्तिम गणना चलिरहँदा ६ दिनअघि नै गणना सकेको बर्दिबास ८ को एउटा मतपेटिका फेला परेको हो। फेला परेको मतपेटिकामा कति मत छ सार्वजनिक गरिएको छैन। गएको वैशाख ३१ गते नै बर्दिबास ८ को मतगणना सकेर परिणाम सार्वजनिक गरिएको थियो।

निर्वाचन अधिकृतले बर्दिबास ८ मा माओवादी केन्द्रका उम्मेदवार समशेरसिंह लामा एमालेका रुद्रबहादुर किङरिङ मगरलाई पराजित गर्दै विजयी बनेको घोषणा गरेका थिए। लामाले ७५१ मत पाएका थिए भने मगरले ७४४ मत पाएका थिए। विजेताको टुंगो लागिसकेको वडाको नगनिएको मतपेटिका भेटिएपछि सर्वदलिय बैठक बस्न लागेको पत्रकार सुनिता बरालले जानकारी दिइन्।साभार दिनेशखबर । 

चर्चामा

सम्बन्धित समाचार