शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा हिमाली गाउँपालिकामा अध्यक्षमा काँग्रेस र उपाअध्यक्षमा एमाले बिजयी

बाजुरा हिमाली गाउँपालिकामा अध्यक्षमा काँग्रेस र उपाअध्यक्षमा एमाले बिजयी

  • बुधबार, जेष्ठ ४, २०७९
बाजुरा हिमाली गाउँपालिकामा अध्यक्षमा काँग्रेस र उपाअध्यक्षमा एमाले बिजयी

बाजुराका बिभिन्न स्थानिय तहकाे मतपरिणाम  सार्वजनिक हुने क्रम जारी रहेकाे छ । साेही क्रममा हिमाली गाउँपालिकाकाे पनि अन्तिम मत परिणाम सार्बजनिक भएकाे छ । हिमाली गाउँपालिकामा अध्यक्ष नेपाली काग्रेसका उम्मेदवार गाेबिन्द बहादुर मल्ल बिजयी भएका छन भने उपाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार राजकला सार्की बिजयी भएकी छन । बिजयी मल्लकाे २३८४ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेकपा एमालेका उम्मेदवार अज बहादुर मल्लले २२६९ मत ल्याएर पराजित भएका छन ।

त्यसै गरी उपाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार राजकला सार्कीकाे २३६७ मत ल्याएरर बिजयी भएकी छन भने उनका निकटतम प्रतिदन्दी कमला रावत राेकाया २२८६ मत ल्याएर पराजित भएकी छन । २०७४ काे स्थानियत तहकाे निर्वाचनमा पनि गाेबिन्द बहादुर मल्ल स‌गै पराजीत अज बहादुर मल्ल याे पटक पनि गाेबिन्द बहादुर मल्लस‌गै पराजित भएका छन । हिमाली गाउँपालिकामा ५ वडामा नेपाली काँग्रेस र २ वडामा नेकपा एमालेका उम्मेदावरहरुले जित हाँसील गरेका छन ।

नेपाली काग्रेस
गाेबिन्द्र बहादुर मल्ल अध्यक्ष २३८४ बिजयी
कमला रावत राेकाया उपाध्यक्ष २२८६ पराजित
नेकपा एमाले
अज बहादुर मल्ल अध्यक्ष २२६९ पराजित
उपाध्यक्ष राजकला सार्की २३६७ बिजयी

चर्चामा

सम्बन्धित समाचार