शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आज देशभरका यी प्रदेशमा बर्षाको सम्भावना

आज देशभरका यी प्रदेशमा बर्षाको सम्भावना

  • बिहिबार, बैशाख २९, २०७९
आज देशभरका यी प्रदेशमा बर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात “असानी“ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। बिहीबार प्रदेश नं १ र मधेस प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार