बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • मतदाता परिचयपत्र हराएका वा छुटेकाहरूले नागरिकता देखाएर भोट हाल्न पाउने

मतदाता परिचयपत्र हराएका वा छुटेकाहरूले नागरिकता देखाएर भोट हाल्न पाउने

  • बुधबार, बैशाख २८, २०७९
मतदाता परिचयपत्र हराएका वा छुटेकाहरूले नागरिकता देखाएर भोट हाल्न पाउने

मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका सबैले मत दिन पाउने जानकारी दिनुभयो । अब मतदाता परिचय हराएका वा छुटेकाहरूले नागरिकताको प्रमाणपत्रका आधारमा मत दिन पाउनेछन् ।

यसैबीच चुच्चे नक्सामा समेटिएको क्षेत्रमा पनि चुनाव हुन्छ त ? भन्ने प्रश्नको जवाफमा प्रमुख निर्वाचन आयुक्त थपलियाले नागरिकता प्राप्त गरेका र वडा विभाजन भएका सबै क्षेत्रमा चुनाव गर्ने व्यवस्था गरेको बताउनुभयो । थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७ सय ४३ वडाभित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा चुनावको व्यवस्था गरिएको बताउनुभएको हो ।

यसैबीच आयाेगले वैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा दिने तयारी गरेकाे छ । वैशाख ३० गते एकै चरणमा पालिका चुनाव हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार