शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

  • बुधबार, बैशाख २८, २०७९
प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

केही दिनअघि सत्ता गठबन्धनले भरतपुर महानगरमा आयोजना गरेको चुनावी सभामा रेणु दाहाललाई निर्वाचित नगराए देश दुर्घटना पर्छ भनि दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको हो ।

प्रचण्डले आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भई आपत्तिजनक अभिव्यक्ति दिएको पत्रमा उल्लेख गरिएको छ । आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

‘माओवादी केन्द्रको अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा भन्नुको अन्तरनिहित मनशाय के हो ?’ आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार