शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराको पाण्डुसैन यसरी भएको थियो झडप (भिडियो सहित)

बाजुराको पाण्डुसैन यसरी भएको थियो झडप (भिडियो सहित)

  • शनिबार, बैशाख २४, २०७९
बाजुराको पाण्डुसैन यसरी भएको थियो झडप (भिडियो सहित)

बाजुरा — बाजुरा जिल्लाको उत्तरी क्षेत्रमा रहेको बुढिनन्दा नगरपालिका वडा न ९ पाण्डुसैनको अगाउँपानीमा शुक्रबार दिनभर तनावग्रस्त रहयो । नेकपा एकिकृत समाजबादी पार्टी (एस) का कार्यक्रता र नेपाली काँग्रेसका कार्यक्रता बिच झडप हुँदा पाण्डुसैन क्षेत्र तनावामा रहेको थियो । झडमा नेकपा एकिकृत समाजबादीका जिल्ला सचिव पुर बहादुर रावत लगायतका पार्टीका कार्यक्रताहरु र नेपाल प्रहरीका १६ गरी २० जना घाईते समेत भएका थिए ।
सामान्य बिबाद पछि नेकपा एकिकृत समाजबादी पार्टी र नेपाली काँग्रेस कार्याक्रता बिच झडप हुदा नेकपा एसका जिल्ला सचिव रावत सहितको टोली शुरक्षाका लागि प्रहरी चौकीमा पुगे । प्रहरीको सुरक्षामा रहेका एकिकृत समाजबादीका कार्यक्रतालाई छोड्न नेपाली काँग्रेसका कार्यक्रताहरुले प्रहरी चौकी घेराउ गरी प्रहरी चौकीमा समेत आक्रमणा गरेको प्रहरीको भनाई रहेको छ । सोही भिड नियन्त्रण गर्न लागेका १६ जना प्रहरी माथी काँग्रेस कार्यक्रताहरु समेत खनिएर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरी भिड नियन्त्रणमा लिनका लागि १६ राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी चर्तुभुज ओझाले वताएका छन । सामाजवादीका कार्यकर्ता प्रहरी चौकीमा संरक्षण लिन पुगेका थिए । सामाजवादीका कार्यकर्ता चौकि भित्र रहेको भन्दै काँग्रेस कार्यकर्ताले प्रहरी चौकि माथिनै आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।
झडपमा १६ जना प्रहरी सहित समाजवादीका जिल्ला सचिब पुर बहादुर रावत, खडक बोहोरा, घाइते भएका छन् । काँग्रेस दुईजना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी चौकीमै पुगेर काँग्रेस कार्यक्रताहरुले नाराबाजी गर्नुका साथै तोडफोड गर्न लाग्दा प्रहरीले हवाई फाईर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार