शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बाजुरामा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रताबिच झडप, प्रहरीद्धारा हवाइ फाएर

बाजुरामा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रताबिच झडप, प्रहरीद्धारा हवाइ फाएर

  • शुक्रबार, बैशाख २३, २०७९
बाजुरामा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रताबिच झडप, प्रहरीद्धारा हवाइ फाएर

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ अगाउँपानीमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप भएको छ ।

एकिकृत समाजबादीका कार्यक्राताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यक्रताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोर झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन ।

एकिकृत समाजबादीका कार्यक्रताहरु प्रहरी चौकीमा पुगेपछी प्रहरीले स‌रक्षण गरेकाे भन्दै नेपाली काँग्रेसका कार्यक्रताहरुले प्रहरी चौकी समेत तोडफोड गर्न लाग्दा प्रहरीले हावाई फाईर समेत गरेको सुचना अधिकारी बोगटीले जानकारी दिएका छन । उक्त  झडप  ३ जना प्रहरी सहित काँग्रेसका कार्यकर्ता सामान्य घाइते भएका छन ।

प्रहरी चौकीमै पुगेर काँग्रेस कार्यक्रताहरुले नाराबाजी गर्नुका साथै तोडफोड गर्न लाग्दा प्रहरीले हावाई फाईर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार