शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बुस्टर डोज नलगाएकाहरुलाई मतदान केन्द्रमा खोप कार्ड अनिवार्य

बुस्टर डोज नलगाएकाहरुलाई मतदान केन्द्रमा खोप कार्ड अनिवार्य

  • बुधबार, बैशाख २१, २०७९
बुस्टर डोज नलगाएकाहरुलाई मतदान केन्द्रमा खोप कार्ड अनिवार्य

सरकारले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सहभागी हुने बुस्टर डोज नलाएका मतदाताहरूलाई अनिवार्य खोप कार्ड लिएर जान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा.संगिता कौशल मिश्राले बुस्टर डोज नलगाएकाहरुले चुनावमा सहभागी हुँदा अनिवार्य रुपमा खोप कार्ड लिएर जान आग्रह गरिन् ।

मिश्राले सबै मतदान केन्द्रमा हेल्थ डेस्क (खोप केन्द्र) स्थापना गर्न लागिएको जानकारी दिँदै हेल्थ डेस्कमा बुस्टर डोज खोप लगाउने जानकारी समेत दिइन् । बुस्टर डोज नलाएकाहरुले मतदानस्थल नजिकै रहने खोप केन्द्रमा गएर खोप लगाउन समेत प्रवक्ता मिश्राले आग्रह गरिन् ।

खोप कार्ड सम्भव नभएको खण्डमा परिचय पत्र वा अभिभावकले नाम र उमेर घोषणा गरेको परिचयपत्रका आधारमा खोप दिइने व्यवस्था गरिएको उनले बताइन् । मन्त्रालयले सबै मतदान केन्द्रमा हेल्थ (खोप केन्द्र) पनि स्थापना गर्ने तयारी गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार