शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • सक्षम छोरी छात्रबृत्ती रकम बितरण कार्यक्रम कोल्टीमा सम्पन्न 

सक्षम छोरी छात्रबृत्ती रकम बितरण कार्यक्रम कोल्टीमा सम्पन्न 

  • मङ्लबार, बैशाख २०, २०७९
सक्षम छोरी छात्रबृत्ती रकम बितरण कार्यक्रम कोल्टीमा सम्पन्न 

कालिका उपाध्याय — बाजुराको बुढिनन्दा नगरपालिकाको कोल्टिमा सक्षम छोरि छात्रबृत्ति रकम बितरण कार्यक्रम सम्पन्न भएको छ । बुढिनन्दा नगरपालिका भित्रका प्राबिधिक शिक्षा पढिरहेका किसोरिहरुलाई प्रोत्साहन स्वरुप सक्षम छोरि छात्रबित्रि रकम बितरण गरिएको हो । म‌गलबार एक कार्यक्रमको आयोजना गरि महिला सशक्तिकरण कार्यक्रम अन्र्तगतको बजेटबाट नगर पालिका भित्रका १५ जना किसोरिहरुलाई १९ हजारका दरले सो छात्रबित्ति प्रदान गरिएको महिला शाखा प्रमुख गंगा गिरिले बताएकी छन ।

शिक्षा शाखा प्रमुख दयाराम जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश माननिय बलदेब रेग्मि रहेका थिए । नगर उपप्रमुख सृष्टि रेग्मि , निर्बाचन अधिकृत गोकर्ण प्रशाद उपाध्याय बिशिष्ट अतिथि  रहेको कार्यक्रममा महिला शाखा प्रमुख गंगा गिरि , ईलाका प्रहरी कार्यालय कोल्टिका प्रमुख देबेन्द्र राज जोशी पत्रकार लगायत अतिथि रहेका थिए।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सुदुर पश्चिम प्रदेश माननिय रेग्मिले यो छात्रबृत्ति बितरण कार्यक्रमले बिभिन्न प्राबिधिक बिषय पढ्ने किसोरिहरुलाई प्रेणा मिल्ने र छोरिहरुको बृद्धि बिकासमा टेवा पुग्ने बताएका छन । तेस्तै नगर उपप्रमुख रेग्मिले नगर भित्रका किसोरिहरुलाई सो रकमले पठन पाठनमा सहज हुने र सक्षम छोरि बन्न प्रेरित गर्ने बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार