आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • बुढीगंगा
  • एक असल समाज सेबी भएर जिम्मेबारी निर्बाह गर्ने छु : माया कुँवर

एक असल समाज सेबी भएर जिम्मेबारी निर्बाह गर्ने छु : माया कुँवर

  • सोमवार, बैशाख १९, २०७९
एक असल समाज सेबी भएर जिम्मेबारी निर्बाह गर्ने छु : माया कुँवर

बाजुरा — बुढिगंगा नगरपालिकाकी उप प्रमुखकी प्रत्यासी माया कुँवरले एक असल सामजसेवी भएर काम गर्ने बताएकी छन । एक असल समाजसेवी बन्ने र नगर बिकाशमा आफु कटिबद्ध रुपमा लाग्ने उदेस्यले कुँवर चुनावी मैदानमा हुमीएकी छन ।
म अछाम जिल्लाको साबिको बिन्देबासीनी गाबिस ३ मा जन्मिएर तेसैको सेरोफेरोमा हुर्किएकी हुँ । राजनीतिक यात्रा पनि यहिबाट सुरु भयो । स्कुल जिबनमा कुनै पनि पदमा रहेर काम गर्ने मौका मिलेन । स्कुल पढ्न जाने उमेरमा पनि गाँउघरका आमा दिदिबहिनी हरुको दयनीय अवस्थाले मलाई सधै पिरली रहन्थ्यो उनी बताउछीन ।

No description available.
पढ्ने बेलामा डोको नाम्लो लिएर बनपाखा गर्ने दिदीबहिनीको पीडा आफ्नो पीडा जस्तो लाग्थ्यो । आफु घरको कान्छी छोरी भएर होला गाउका अन्य साथिहरु भन्दा काम कम नै गर्नु पथ्र्यो । गाउका दिदिबहिनीहरुको पीडा सम्झेर के गर्दा उन्मुक्ति मिल्ला लाग्थ्यो । उमेर बढेसंगै राजनितिक चेतना बढ्दै गएर होला । यी यावत कुरालाई नियाल्दा मलाई सुरुमा समाज सेवा गर्नु पर्छ भन्ने भान हुन थाल्यो । समाज सेवा भनेको त राजनिति हो भन्ने लाग्यो । रहर राजनिति गर्ने लाग्यो तर राजनिति कसरी सुरु हुन्छ थाहा थिएन । अलि जिज्ञासु सोभाबकी भएर होला । राजनिति बुझ्ने प्रायस धेरै गरीयो बिस्तारै बुझियो उनले भनिन् ।
उनी २ बर्षको हुदा बुवा गुमाएको म त्यस माथि गरिब परिवारमा जन्मे, पढाइ लेखाइ गर्न गाउले जीबन सहज थिएन । किशारी अवस्थाको जीबनमा काम कै दौरानमा १३ बर्षको उम्मेरमा तोरी पेल्न मिलमा गएकोको समयमा मिलको फेतामा कपाल बेरीएर दुर्घटना भयो । टाउकोमा ठुलो चोट लाग्यो कुँवरको भनाई रहेको छ ।त्यो पछि जीबन झन सघंर्ष हुदै गयो । आफुलाई लाग्न थाल्योकी मेरो राजनितिक क्षेत्रबाट समाज परिवर्तन र समाज सेवा गर्ने सपना अधुरो नै रहने भयो । जीबन सघर्ष हो भन्दै आफन्त सबैको होसालाले जीबन जीउने आट बढी रहेयो । दुर्घटनाले पारिवारिक र शारिरक रुपले अशक्त भएकोले पहिलो पटक एसएलसी पास गर्न सकीएन पछि दोस्रो बर्ष एसएलसी पास गरीयो ।
२०५५ सालमा विहे भयो जन्म घर छोडेर आएपछि कर्म घर (पोइली) घरमा केही समय पारिवारीक अल्झन भयो । अन्य अल्झन भन्दा पनि श्रीमान पनि नेकपा एमालेकै राजनितिको मुख्य भागमा भएर दुबैले राजनिति गर्न पारिवारीक रुपमा समस्य भएर केही समय आफुले श्रीमानलाई सघाउने सल्लाह भयो । म बाजुरामा नँया थिए मैले यताको बाताबरण बुझेको थिएन । श्रीमान सासु ससुराको परिवार सबैको पूणर् साथले स्नातक तह सम्मको औपचारिक शिक्षालाई निरन्तरता दिए ।

No description available.
आफ्नो सानै देखीको राजनिति गर्ने सपनालाई सार्थक्ता दिन मेरो प्रयास बाजुरामा पनि जारी नै थियो । त्यसैमा श्रीमान पनि राजनिति गर्ने भएकोले मलाई बाजुराका नेता तथा जनतासंग घुममिल हुन अप्ठेरो भएन ।
नभन्दै २०६४ सालमा अनेमा सघ बाजुरा जिल्ला सदस्य हुदै कोषध्यक्ष हुदै २०६८ सालमा अनेमा सघ बाजुराको सचिबको जिम्मेवारी लिएर काम गरीयो ।
आफुले पार्टीमा गरेको सर्घष इमान्दारीताले २०६४ सालको स्थानिय तहको निर्बाचनमा उपप्रमुखको टिकट दियो । कारण बस सफल हुन सकिएन । सफल नहुदा आफुले चाहेको योजनामा ब्रेक लाग्यो । त्यसको बाब्जुत्त सक्रिय राजनितिकमा झन इच्छा जाग्यो र र मुल राजनितिमा नै रहेर काम गरी रहे । २०७८ सालमा अनेमा सघ केन्द्रिय सदस्यको जिम्मेरी दियो । त्यस पछि पार्टीले नेकपा एमाले बाजुरा जिल्ला कमिटी सदस्यको जिम्मेरी दियो । पार्टीले दिएको जिम्मेबारीलाई शिरोधर गर्दै आफ्नो राजनितिबाट समाज सेवा गर्ने सपनालाई साकार पार्न दिन दोगुना रात चौ गुना गएर लागि परे । पार्टीले मेरो इमादारीता लगनशिलता र क्षेमतालाई देखेर बैशाख ३० गते हुने स्थानिय निर्बाचनको फेरी उपप्रमुखको टिकेट दियो ।
२०५३ सालबाट यूवा सघ सदस्य अछामबाट स्कुले जीबन देखीको पुरै २६ बर्ष राजनीतिक क्षेत्रबाट महिलाको बृद्धि विकासका लागि खर्चि रहेकी मायाले महिलाको राजनीतिक रुपमा प्रदान गरिएका हक अधिकार अब प्रशासनिक रुपमा कार्यान्वयन गर्दै व्यवहारिक जिवनमै पुरा गर्ने प्रण गरेकी बताउछन् । विशुद्ध राजनीतिमा रहेकी विवादरहित ईमान्दारिता पुर्वक निष्ठावान मायाको लगनशिलता, धैर्यता एव मेहनतले बुढीगंगा नगरपालिकाका ग्रामिण महिला समेत प्रभावित भएका छन । ‘हाम्रो चाहना दुई चार महिलाको उत्थान होईन, ‘उनले भनिन, ‘समाजका आम महिलाको मुहारमा खुसी छाउने हो, त्यो खुसी पुरा गर्ने मेरो काँधमा जिम्मेबारी आएको छ ।’ मायाले महिलाको शिक्षाका साथै स्वास्थ्य न्यायमा समेत उत्तिकै काम गर्ने प्रण गरेको बताउछन् ।

चर्चामा

सम्बन्धित समाचार