शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

  • शुक्रबार, बैशाख १६, २०७९
आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ — पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने आँकलन गरिएको छ । प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी प्रदेशका थोरै स्थान र प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

शनिबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

चर्चामा

सम्बन्धित समाचार