• होमपेज
  • समाज
  • बाजुरामा आगोले जलेर ७५ बर्षिय बृद्धाको मृत्यु

बाजुरामा आगोले जलेर ७५ बर्षिय बृद्धाको मृत्यु

  • बुधबार, बैशाख १४, २०७९
बाजुरामा आगोले जलेर ७५ बर्षिय बृद्धाको मृत्यु

बाजुरा–खप्तडछेडेदह गाउँपालिका २ ग्रान्जामा आगाले जलेर एक बृद्धाको मृत्यु भएको छ । मंगलवार साँझ ८ बजेतिर हावाहुरीले घरछानामो आगलागि हुँदा ७५ बर्षिय तुलेदेबि बुढाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
आगलागि बाट एक हल गोरु, एउटा गाई, २ वटा गाईका बाच्छा र १२ वटा बाख्रा मरेको स्थानियले वताएका छन् । हावाहुरीले खरले छाएको घरछानोमा आगलागि भएको हो । घरमा रहेका भाडाकुडा, अन्न, लत्ताकपडा पनि जलेर खरानि भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार