• होमपेज
  • देश
  • कुन प्रदेशमा कति खटाइए म्यादी प्रहरी ?

कुन प्रदेशमा कति खटाइए म्यादी प्रहरी ?

  • बुधबार, बैशाख १४, २०७९
कुन प्रदेशमा कति खटाइए म्यादी प्रहरी ?

काठमाडौं — वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ। निर्वाचनमा ४० दिनका लागि म्यादी प्रहरी परिचालन गरिनेछ।

प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार काठमाडौँ उपत्यका सहित ७ प्रदेशमा ९९ हजार ९९३ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको छ। काठमाडौँ उपत्यकामा ४ हजार ७११, प्रदेश १ मा १७ हजार ४२१, मधेश प्रदेशमा २१ हजार, कागमती प्रदेशमा १२ हजार १८६, गण्डकी प्रदेशमा १० हजार ९३३, लुम्बिनी प्रदेशमा १५ हजार ८२८, कर्णाली प्रदेशमा ७ हजार ७५३ र सुदूरपश्चिम प्रदेशमा १० हजार १६१ जना म्यादी प्रहरी खटाइएको छ।

जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मतदान स्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको छ। अतिसंवेदनशील मतदानस्थलमा ३ जना प्रहरी र ८ जना म्यादी, सामान्य मतदानस्थलमा ३ प्रहरी र ५ म्यादी, संवेदनशील मतदानस्थलमा ३ प्रहरी र ६ म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ।

त्यस्तै, मतदान केन्द्र (मतपेटीका) थप भएमा प्रति मतदान केन्द्र थप १ प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय पनि गरिएको बताइएको छ। २०७८ चैत २७ मा नियुक्ति पत्र लिएका म्यादी प्रहरीलाई स्थानीय तह निर्वाचन पूरा भएको ७ दिन पछिसम्म सुरक्षामा परिचालन गर्ने प्रहरीको योजना छ।

चर्चामा

सम्बन्धित समाचार