सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा माओबादी र समाजबादी बिच गठबन्धन

स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा माओबादी र समाजबादी बिच गठबन्धन

  • सोमवार, बैशाख १२, २०७९
स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा माओबादी र समाजबादी बिच गठबन्धन

बाजुरा — जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा माओबादी र नेकपा एकिकृत समाजबादी पार्टी बिच गठबन्धन भएको छ । सत्तारुढ दल नेपाली काग्रेसले एक्लै चुनाव लड्ने भए पछि एकिकृत समाजबादी पार्टी र नेकपा माओबादी बिच गठबन्धन भएको नेकपा माओबादी केन्द्रकी सुदुर पश्चिम प्रदेशकी कोषाअध्यक्ष कमल कुमारी शाहले बताएको छ ।
स्वामिकार्तिक खापर गाउँपालिकामा भएको गठबन्धनमा नेकपा एकिकृत समाजबादी पार्टीबाट अध्यक्ष र नेकपा माओबादी केन्द्रबाट उपाअध्यक्ष उम्मेदवारी दर्ता गराएका छन ।
अध्यक्षमा नेकपा एकिकृत समाजबादी पार्टीका तर्फबाट चिरनजीबी शाही र उपा अध्यक्षमा नेकपा माओबादी केन्द्रका तर्फबाट सुरेश रोकायाले उम्मेदवारी निर्बाचन अधिकृतको कार्यालयमा दर्ता गराएका छन । ५ ओटा वडा रहेको स्वामिकार्तिक खापर गाउँपालिकामा वडा न १ र २ नेकपा माओबादी केन्द्रको भागमा परेको छ भने वडा न ३,४ र ५ नम्मर वडा नेकपा एकिकृत समाजबादी पार्टीको भागमा परेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार