शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • राजनीति
  • हिमालीको अध्यक्षमा नेकपा माओबादी केन्द्रका कार्यलय सचिब सार्कीकाे स्वतन्त्रमा उम्मेदवारी

हिमालीको अध्यक्षमा नेकपा माओबादी केन्द्रका कार्यलय सचिब सार्कीकाे स्वतन्त्रमा उम्मेदवारी

  • सोमवार, बैशाख १२, २०७९
हिमालीको अध्यक्षमा नेकपा माओबादी केन्द्रका कार्यलय सचिब सार्कीकाे स्वतन्त्रमा उम्मेदवारी

बाजुरा — हिमाली गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर सार्कीले स्वतन्त्रबाट मनोनयन दर्ता गरेका छन् । गठबन्धनकाे तिड्कमबाजी भएका कारण उनले स्वतन्त्र उम्मेदवारी दिएकाे बताएका छन ।
नेकपा माओवादी केन्द्रका कार्यालय सचिव तथा दलित अधिकारकर्मी सहित रहेका सार्कीले गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । स्वतन्त्रबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका सार्कीलाई जंग सार्की समर्थक रहेका छन् भने वविता चंदारा प्रस्तावक रहेकी छन् ।
त्यस्तै नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य पूणर्लाल पाण्डेले पनि हिमाली गाउँपालिको वडा नं. ६ को वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार