बाजुरा–नेपाली काँग्रेस बडिमालिका नगरपालिकाको नगरप्रमुखमा पदम बडुवाल अब्बल उम्मेदवार देखिएका छन् । ५ बर्ष नगर चलाइसकेका बडुवाल नेपाली काँग्रेसको जनमत भएको बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।
नेपाली काँग्रेसको जिल्ला अधिबेशनमा सबै भन्दा बढी मत ल्याएर जिल्ला उपसभापतिमा बिजयी भएका बडुवाल कार्यक्रताको तहमा निकै लोकप्रिय देखीएका छन् । बडुवाल समृद्धि विकासको लागि ५ बर्षे कार्यकालमा निकै लोकप्रिय नगरप्रमुखका रुपमा स्थापित भएका हुन् । बडुवालले नगरमा स्वास्थ्य, शिक्षा, खानेपानी क्षेत्रमा देखिएका समस्या समाधान गर्न योजना बनाएर अघि बढेका थिए । बडिमालिका नगरपालिका सबै गाउँ स्वास्थ्य सेवाको पहुँचमा पुगिसकेको छ ।
बडुवाल प्रति जनभाबना, जनताको चाहाना र संगठनलाई मुख्य बिन्दूमा राख्न सक्ने क्षमता भएको एक काँग्रेसका स्थानिय नेताले वताएका छन् । सबैलाई मिलाएर सक्ने क्षमता र जनताको सवालमा सदैब लाग्न सक्ने क्षमता बडुवालमा रहेको पाईएको हो । जिल्लामा बसेर द्धन्द्धकालमा समेत पाटि कार्यक्रता र जनताको काममा कटिबद्ध भएर लागेका थिए । पछिल्लो समयमा पनि उनि पाटि संगठनको काममा लागिरहेका छन् ।
बडिमालिका नगरपालिका बाट नगरप्रमुखमा पदम बडुवाल, धनराज पण्डित र जुना दानीको नाम सिफारीस भएको छ । बडुवालले २०७४ को स्थानिय चुनावमा नेकपा एमालेका गगन रावललाई ३८ मत अन्तरमा पराजय गरेका थिए । बडुवालले २९ सय ४० र गगन रावलले २९ सय २ मत ल्याएका थिए । २०७४ सालको चुनावमा नेकपा एमाले बलियो भनेर आंकलन गरेको भएपनि थोरै मत अन्तरले पदम बडुवालले नगरप्रमुख विजयी भएका हुन् ।