बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले पुन नगर प्रमुखमा दाबि रहेको बताएका छन । उनले सामाजिक संजालमार्फत बडिमालिका नगरको बिकाशका लागि पुन एक पटक मौका दिन आह्वान गरेका छन । नगर प्रमुख बडुवालले यस अघि नसकिएका कामहरु गर्नका लागि पुन दोहोरिने मनसायमा रहेको बताएका छन ।
बिकासका काममा आफु जिल्लाका अन्य स्थानीय तहरु भन्दा बढि नै काम गरेको भए पनि धेरै कामहरु अधुरै रहेको बताएका छन । नेपाली काँग्रेसबाट निर्बाचित भएका बडुवालको यस पटक पनि उम्मेदवारी रहने उनले बताए । नेपाली काँग्रेसबाट बडिमालिका नगरपालिकामा नेपाली काग्रेँसबाट नगर प्रमुख बडुवाल र धनराज पण्डितको नाम चर्चामा रहेको छ ।
नेपाली काग्रेसमा दुबै जना बलिया उम्मेद्धार रहेका र एकले अर्कालाई स्विाकार गर्न नसक्ने प्रस्थितीमा रहेको नेपाली काग्रेसका एक नेताले बताएका छन । बडुवाल कोइराल पक्षधर हुन भने पण्डित देउवा पक्षमा रहेका छन् । काँग्रेस बाजुराको एक स्रोतका अनुसार नगरप्रमुख धनराज पण्डित, पदम बडुवाल र जुना दानीको नाम नगरप्रमुखका लागि प्रदेशमा शिफारिस गरिएको बुझिएको छ ।