शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • आज यी प्रदेशहरुमा वर्षाको सम्भावना

आज यी प्रदेशहरुमा वर्षाको सम्भावना

  • बुधबार, बैशाख ७, २०७९
आज यी प्रदेशहरुमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था छ।

आज देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ। बिहीबार पनि देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। अपराह्न पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबार भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको केही स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार