बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • हुम्लाको मासपुर गाउँका बासिन्दालाई मतदान गर्न ३ दिन

हुम्लाको मासपुर गाउँका बासिन्दालाई मतदान गर्न ३ दिन

सिडियो भन्छन्, सम्बन्धित निकायमा जानकारी गराइसकेका छौ

  • मङ्लबार, बैशाख ६, २०७९
हुम्लाको मासपुर गाउँका बासिन्दालाई मतदान गर्न ३ दिन

प्रकाश सिंह–हुम्लाको ताजाकोट गाउँपालिका ३ मासपुर गाउँका बासिन्दाले मतदान गर्न तिन दिन समय खर्च गनुपर्ने बाध्यता रहदै आएको छ । मतदान केन्द्र टाढा भएकाले धेरै जना मतदानमा समेत सहभागि नहुने गरेको स्थानिय टेक बहादुर रोकायाले वताएका छन् ।
मासपुर गाउँका बासिन्दाको मतदान केन्द्र वडा कार्यलय नजिकै रहेको कैलाश आधारभुत बिद्यालयमा पुग्न एक दिन लाग्ने रहेको छ । एक दिन पुग्न, एकदिन मतदान अर्कोदिन फिर्ता हुने समय गरेर तिन दिन समय लाग्ने गरेको स्थानिय टेक बहादुर रोकायाले वताएका छन् ।
मासपुर गाउँमा २३ घरधुरी रहेका छन् । गाउँको जनसंख्या १ सय ३ रहेको छ । गाउँमा मतदाता परिचय पत्र भएका ३७ जना रहेको वडा सचिब बिष्णुलाल सार्कीले वताएका छन् । ६० बर्ष माथीका १० जना मतदाता रहेको सार्कीले वताए । मतदान केन्द्र टाढा रहेको जानकारी जिल्ला निर्वाचन कार्यलय हुम्ला, जिल्ला प्रशासन कार्यलय हुम्ला जानकारी गराएको भएपनि मतदान केन्द्र स्थापना गर्नमा कतै बाट पहल नभएको वडा कार्यलयले जनाएको छ ।
मतदान केन्द्र टाढा भएकाले मासपुर गाउँका ७१ बर्षिय जोख्या बुढा यो पालि मतदानमा भाग लिने नपाउने वताएका छन् । हिडडुल गर्न नसक्ने जोख्यालाई बोकेर मतदान केन्द्र सम्म पुयाउने सम्भाबना नभएकाले मतदान बाट बञ्चित हुने गरेको उनले वताए । टाढा भएकाले उनि २०७४ सालको स्थानिय, संघ र प्रदेशको चुनावमा पनि मतदानमा सहभागि नभएको वताए । जोख्या जस्तै ८२ बर्षिय आउसे रोकाया, ७३ बर्षका आखा दमाइ पनि मतदान बाट बञ्चित हुने गरेका छन् ।
मासपुरका धेरैले त मतदाता परिचय पत्र समेत बनाएका छैनन्, मतदान केन्द्र टाढा छ, बनाएर पनि के गर्नु स्थानिय टेक बहादुर रोकायाले वताए । जिल्ला निर्वाचन कार्यलय हुम्लाका कर्मचारी नायक सुब्बा श्याम बहादुर रानाले भने योपालि नयाँ मतदान केन्द्र थप्ने कुनै कार्यक्रम नभएकाले मतदान केन्द्र स्थापना गर्न नसकेको वताए । हुम्लामा सबै भन्दा टाढा रहेको मतदान केन्द्र यहि हो मतदान केन्द्र आबश्यक परेको उनले वताए ।
हुम्लाकि प्रमुख जिल्ला अधिकारी सिता परिवारले भनिन्, मासपुर बाट मतदान केन्द्र आउन १० घण्टा भन्दा बढी समय लाग्ने गरेको वताईन् । मतदान केन्द्र निकै टाढा रहेको जानकारी मन्त्रालय, निर्वाचन आयोग लगायत सम्बन्धि निकायमा जानकारी गराएका छौ, हाम्रो क्षेत्रबाट हुने पहल भइरहेको छ । निर्वाचन आयोगले मतदान केन्द्र थपेपछि जिल्ला बाट हुने सबै प्रक्रियामा कमि हुन नदिने परियारले वताईन् । त्यहाँ मतदान केन्द्र स्थापना गर्न केन्द्रमा निर्भर रहेको वताईन् ।
निर्वाचन आयोगका सुचना अधिकारी तथा साहयक प्रवक्ता सुर्य प्रसाद अर्यालले भने यो बारेमा कुनै जानकारी नआएको वताए । गत बर्ष मतदान केन्द्र परिवर्तन तथा नयाँ थप्नका लागि स्थानिय तह, सिडियोको अध्यक्षतामा रहेको जिल्लाको कमिटि बाट आएको सिफारीस अनुसार मतदान केन्द्र हेरफेर गरेका थियौ, तर यहाँको जानकारीमा नआएको अर्यालले वताए । अब भने निर्वाचनको नजिक पुगिसकेकाले यो पालि सम्भब नरहेको अर्को पटक भने मतदान केन्द्र स्थापना गर्न सकिने वताए ।
२०७० को संबिधान सभाको चुनाव देखी गाउँका बासिन्दाले गाउँमा मतदान केन्द्र हुनु पर्ने बताउदै आएका छन् । मत हाल्नका लागि सामाल (खाद्यन्न) बोकेर जानु पर्ने बाध्यता भन्दै गाउँमा मतदान केन्द्र हुनु पर्ने जनाए । गाउँको राजनितिक पहुँच कम भएकाले अहिले सम्म कसैले नसुनेको स्थानियले वताए ।
सदरमुकाम सिमकोट बाट ५ दिन पैदल लाग्ने यो गाउँमा राज्यको ध्यान पुग्न सकेको छैन् । गर्भवति महिला र बुढापाकाहरु त मतदान गर्न नआउने भएका छन् । एक दिन पुग्न लाग्छ, एक दिन मतदान गर्ने समय भईहाल्यो र एकदिनमा फर्कने गर्दा अशक्क्त बुढापाकाहरुलाई ३ दिन लाग्ने भएकाले मतदान गर्न समस्या हुने स्थानियले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार