सुरेशकुमार पान्डे — भौतिकवाद र आध्यात्मकवाद बिचको शंघर्ष धेरै पुरानोहो।
मानिस जंगली युग देखी वैज्ञानिक युग सम्म आउँदा पनि त्यो लडाई सकिएकोछैन।यद्मापी मानिसहरूले आफै सास्त्र लेखे आफै मन्दिर बनाए आफै मुर्ती कल्पना गरेर निर्माण गरेका हुँन।विज्ञानिकहरूले भूगर्भशास्त्रिहरूले थुप्रै खोजबिन गरेकाछन पत्ता लगाएकाछन डाक्टरहरूले आफ्नै प्रयास बाट मान्छेलाई जोगाएकाछन बचाएकाछन वाइपास सर्जरी गरेर मर्नै थालेकोलाई पुनर्जिवित गराएकाछन।
एउटा उक्कालोमा हिंड्दा तिर्खाले भ्याकुर परेको ब्याक्तिलाई कतै पानीको कुन्टो देख्दा उस्ले यो कुन्टो आफ्नै लागी देवताले बनाइदिएको सम्झिन पुग्छ।जंगलमा हिंड्ने ब्याक्तिलाई चित्वाले प्रहार गर्दा कतै बाट कुनै बच्ने उपाए नभयको अबस्थामा चित्वा उसलाई नखाएर आर्को बाटो लाग्छ त्यती वेला उसले पनि भगुवानले बचाएको कलपना गर्छ किन की यदी चित्वाले उस्लाई प्रहार गरेको भए त उ मरथ्यो भन्ने सोंच उसको मनषपटलयमा घर जमाएकोछ।तर यदी चित्वाले उसलाई प्रहार गर्नेछ त्यसको अबस्थामा आफैलाई जोगाउँन लड्नै पर्नेछ भन्ने मानसिकता उसँग हुनेथ्यो भने उस्ले केही तैयारी गर्थ्योहोला।मानिस बाघ सँग जति डराउँछ बाघ पनि मानिस सँग उत्ती डराउँछ।पहिले बाटोमा सर्प देखेपछी मान्छेले बिष्णुको औतार भनेर पुज्थे अहिले मार्छन त्यो आध्यातमवादको बिरूद्धमा भौतिकवादको विजय त हो तरपनि जीव जन्तुलाई मार्नु पनि हुंदैन भन्ने कुरा बुझ्नुपर्छ।
बिचमा मानिसहरूले बाघ सँग लडेर आफ्नो रक्षा गरेकै हुन्छन।बागलाई मान्छे बाट खतरा भएपछि सरकारले बागको समरक्षाण गर्ने योजना बनाउँनु पय्रो र बाघको रक्षा गर्ने कानूनहरू बनेका हुंन।अहिले बाघलाई मार्न प्रतिबन्दछ।धेरै पहिले गाउँघरमा आफैले निर्माण गरेका बन्दुकहरू हुन्थे अब ति बन्दुकहरूको लेशनसं हुनैपर्छ यानिकी मानिसले यो बुझि सकेकोछ अहिले मानिस शबैभन्दा शक्तिशाली भयो र उस्को शक्तिमा नियन्तर्ण गर्नु पर्ने देख्यो।
मानिसले अहिलेको युगमा सबैमाथी बिजय हासिल गरेकोछ तर पनि आध्यात्मवादी बुजुर्वा बिचारमाथी पूर्णतःविजय हुन सकेकोछैन।मानिसहरूको मनमा अंझैपनि कताकती भ्रमछ उनिहरूले चमत्कार खोजेका हुन्छन।यती शक्तिशाली भएर पनि आफ्नो शक्तिलाई मानिसले चिन्न नसकेर तेस्रो शक्तिको कलपना गर्छ गरिरहन्छ।
अहिले हाम्रो देशमा बहुमतले आफुलाई कम्युनिष्ट भन्छन तर पनि हामिले अनुभव गरेको कुरा हाम्रो देशमा अहिले पनि पूर्णतःभौतिकवादी भैसकेको मध्य थोरै मानिस भेट्टिन सक्छन कम्युनिष्ट त अपवाद भएकोछ।कम्युनिष्टको अर्थहो पुर्णतः विज्ञानिक र बिचारमा निस्वार्थ बहुसंख्यक जनताको हितमा काम गर्नसक्ने आफ्नो ब्याक्तीगत पारिवारीक समस्य भन्दा पहिले देश र जनताको लागी लड्नसक्ने वीर लडाकु जसले बर्तमान रूढीवादी सम्रचनाको बिरूद्धमा वैज्ञानिक र भौतिक सम्रचनालाई उभ्याउँन आफ्ना तमाम स्वार्थलाई त्यागन सक्छ वा अरूलाई जोगाउँन आफ्नो भौतिक त्याग गर्न सक्छ।त्यो बहुसंख्यक जनताकोलागी लड्ने लडाकु हाम्रो देशमा कतिजना हौंला?त्यसैमा कम्युनिष्टको शक्ति निर्भर हुन्छ।
अहिले हामी सबैको पहिलों चिन्तन पुंजी प्राप्त गर्ने बुजुर्वा हम्रचना भित्र रमाउँने सुख सुबिधा प्राप्त गर्नेहरू आफुलाई कम्युनिष्ट भन्छन।आध्यात्मकवादी पुरेतीहरूले पनि आफुलाई कम्युनिष्ट ठान्छन।
अहिले एकजना मित्रले भन्नु भयो “महिंलाहरू र पुरूषहरूलाई बराबर कोटा हुनुपर्छ”एकदम राम्रो हो तर के पचास प्रतिसत कोटा महिंलालाई दिएपछी त्यो कोटामा महिंलाहरूले नै उपभोग गर्लान?अहिले पुंजिवादी र पुरूष प्रधान समाजमा महिंला पुरूषको अधिनस्तछन यो बिचार हामिले नभनेपनि स्वायम महिंलाहरूको सोंच त्यो छ।एउटा मेर महिंलाले आफ्नो श्रीमानले जे भन्छ त्यही गर्नेछन उनिहरूले ठिक वेठीक छुट्याउँन भन्दा मेरो श्रीमानको आदेश केहुन्छ भन्ने बिचारलाई मनमस्तिकमा गांठो पारेका हुन्छन।यो परिवेशमा उनिहरूलाई पचास प्रतिसत कोटा दिएपनि राज गर्ने पुरूषनै हुनेछन।उनिहरूले महिंलाको पिठ्युंमा राखेर आफुले निशाना साध्नेछन।
यद्मापी कयौं महिंला लडाकु स्वतन्त्र स्वभावका पनिछन त्यसबारेपनि हामिले अनदेखी गर्नु हुंदैन।तर देशमा सबैभन्दा आध्यात्मिक महिंलाहरूनै हुन्छन उनिहरूले आफुले आफैलाई पनि कम्जोर र असाय सम्झिन्छन।
हामीले देखेकाछौं छिमेकी देशमा महिंलाहरूलाई आरक्षाणछ तर एउटा गाउमा सरपञ्चको कोटा महिंलालाई पय्रो त्यंहा अलि शक्तिशाली किसानको स्वास्नी निर्बिरोध निर्वाचित हुन्छीन तर सरपञ्चको कार्य उसैको लोग्नेले सम्हालेको हुन्छ।मेरो बिचारमा आरक्षणा भन्दा पनि महिंलालाई शिक्षित बनाउँने बिचारमा जोड दिनुपर्छ मलाई लागेको बिचार हो।जती सुकै पढेलेखेको बुद्धी जीवी महिंला भएपनि आफ्नो श्रीमानलाई नसोधेर निर्णय गर्न सक्ने क्षामता भएका धेरै कम हुन्छन।
समाजलाई देशलाई चलाउँन एकआद महिंलाको उधारण दिएर मात्रै पुग्दैन।
अहिलेको अबस्थामा महिंलाहरूले आफुलाई असय ठान्छन एक त सम्पत्तीमा जनम सिध्द अधिकार नहुंनु पनि एउटा कारणहो आर्को पुरूष प्रधान समाजनै मुख्य कारण हुनसक्छ।
हामीले अनुभव गरेको कुरा जबसम्म सामाजिक ढांचामा शुधार हुंदैन महिंलाहरूलाई हेर्ने दृष्टीमा शुधार हुंदैन त्यो वेला सम्म महिंलालाई दिएको आरक्षाणले उनिहरूलाई फाइदा हुंदैन तर केही सहायक भने हुन सक्ला।महिंलाहरू ले बढी पुजापाठमा ध्यान दिन्छन त्यो पनि असाय पनको नतिजानै हो।यो भन्दै गर्दा मैले कुनैलाई आफ्नो स्वतन्त्र आस्थालाई कुन्ठीत गर्ने उदेश्यपनि होइन तर आस्था भनेको आ आफ्नो मानसिकताको द्दोतकनै हुन्छ यो मेरो ब्याक्तिगत धारणनै हो।जती समय महिंलाहरूले आध्यात्म संस्कार तिर ध्यान दिन्छन उत्ती समय यदी भौतिक ज्ञानमा अध्यायन गर्छन भने उनिहरू सचेत र संगठीत हुनसक्छन।रूढीवादी परमपराले महिंलाहरूलाई कम्जोर बनाएकोछ त्यँही बुजुर्व बिचारले पुरूषलाई पनि बैसाखीमा उभ्याई दिएकोछ।अहिले पनि धेरैजसो युवाहरू भौतिक बिचारधारा तर्फ झुकाव हुन्छ तर बृद्धाहरूमा अहिले पनि आध्यात्म बिचार धारा तिर झुकेको देखिन्छ।उंनिहरू कांसी गयाजी लगायत थिर्थ बर्त तिर बढी ध्यान दिएका हुन्
छन।पुजा लगाउँने लाख बत्ति बाल्ने सोस्तानि आदी यित्यादी बिचारमा बढी झुकाव भएको देखिन्छ।
अहिले देशमा सम्बिधानले धर्म निरपक्षियता आगाल्यो यो समयको मागपनि हो देशभित्र अनेकौं जात धर्मावल्मबीहरू छन उनिहरू सबैका बेग्ला बेग्लै धर्म छन त्यसकारणले कसैको पनि आस्थालाई कुण्ठित गर्नु अनउचित हुन्छ।तर देशमा त्यही एउटा धर्म लाध्ने प्रयात्न भएकोछ त्यो गलतहो।हामी सबैले हाम्रो देशको भलो सोंचेर बिचार गरौं कुनै चमत्कारको भर नपरौं देशलाई चमत्कारले होइन सही राजनीति दुरदरसियताले अगाडि बढाउँन सकिन्छ।
हाम्रो देशमा कम्युनिष्टहरूको जग निम्न पुंजिवादी रसामन्तवादी जगमा बस्यो।कम्युनिष्टहरूको थालनी हुंदा राजालाई मान्ने की नमान्ने भन्ने छलफलपनि भयो केसर जंग रायमाजी पनि महामन्त्री भएकाथिए उनि घोर राजावादी हुंदा हुंदैपनि कम्युनिष्ट पार्टीको महा मन्त्री थिए।उनि जस्तै नभयपनि मिल्दो जुल्दो मोहन बैद्धले आफुलाई क्रान्तिकारी भन्छन।उनले अहिले लगातार राजा सँग मिलेर सरकार बनाउँने बिचार ब्याक्त गर्दै आएकाछन।यि यावत बिचारहरूलाई अध्यायन गर्नेहो भने देशभित्र भौतिकवादी बिचारधारा बोकेर कम्युनिष्ट बनेको अपवाद देखिन्छन।जे गरेपनि आफुलाई कम्युनिष्ट भन्नेहरूको देशमा बहुल्यछ।तिनै कम्युनिष्टलाई मित्र शक्ति भनेपछि सदासर्वदाका लागि मित्रजस्तै ब्यबहार गर्ने सुझाव दिन्छन।उनिहरूले देशको गणतन्त्रलाई कुण्ठित गरेपनि उनिहरू सँग सहकार्यगर्ने बिचारधारालाई कदापी सहि भन्न मिल्दैन।उनिहरूले कांग्रेसलाई जनमजात दुश्मन सरह ब्यबहार गर्ने भन्छन त्यो ब्यबहार ठिक होइन।कांग्रेसले गणतन्त्रको रक्षागर्न खज्छ भने उसलाई साथ दिनुपर्छ गणतन्त्रलाई खतरा परेको वेलामा हामिले दुश्मन भनेर किटाण गरेपनि गणतन्त्रको रक्षागर्न कांग्रेस संगपनि एकता गरेर जानुपर्छ।तर राष्ट्रियताको सवालमा हामिले घोर दुश्मन भनेर भनेको भयपनि राजा संगपनि त्यो वेला एकता वा तालमेल गरेर जानुपर्छ।
त्यसैलाई मित्रशक्ति सँग एकता शंघर्ष र एकता दुश्मन शक्ति सँग शंघर्ष एकता शंघर्ष गर्ने सैधान्तिक अडान र अनुसाशन लाई ठिक ढंगले कार्यन्वयन गर्नुपर्छ।अहिले हाम्रो देशमा गणतन्त्रको यि प्रतिगामीहरू द्वारा खतराछ भन्ने हामिलाई लागेकोछ।
स्वायम कम्युनिष्ट भनौदाहरूले जीत्नको लागी भाकल गर्छन भने उनि कसरी कम्युनिष्ट भए?उनि एउटा भौतिक वादी समेत हुन सकेकाछैन कम्युनिष्ट त टाडैको कुराहो।उनि अहिले असाय लाचार अबस्थामा छन र चमत्कारमा बिस्वास गर्छन अहिले पनि अनस्वरबादी हुन सकेकाछैनन् त्यसकारण उनिहरू कम्युनिष्ट बन्न सक्दैनन् र ढिलो चांडो बिचारमा पतन हुंदै गयकाछन।उनिहरूले कम्युनिष्टको लोगोलाई दुर्पयोग गरेर निजि स्वार्थ पुरा गर्दैछन भन्नेकुरा बुझ्नु पर्छ।