शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • देश
  • विश्वकै जेठो चिम्पाञ्जीको जन्मदिन मनाइयो

विश्वकै जेठो चिम्पाञ्जीको जन्मदिन मनाइयो

  • शुक्रबार, बैशाख २, २०७९
विश्वकै जेठो चिम्पाञ्जीको जन्मदिन मनाइयो

काठमाडौं — जर्मनीको बर्लिन चिडियाखानामा रहेको विश्वकै जेठो चिम्पाञ्जीको जन्मदिन मनाइएको छ ।

फोटाउ नाम गरेकी गुरिल्लाको ६५औं जन्मदिनको अवसर पारेर चिडियाखानाले विशेष केक तयार पारेको थियो । चिडियाखान घुम्न आएका दर्शकको सामुन्ने त्यो केक फोटाउलाई खान दिइयो । फोटाउले त्यो केक मिठो मानेर खाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

चिम्पाञ्जीको औसत आयु ४० वर्ष हो । तर यो चिम्पाञ्जी औसत आयुभन्दा २५ वर्ष बढी बाँचेकी छ । फोटाउनका २ नाती, १३ जना पनाती र १६ वटा जनाती जीवित छन् ।

२ सय किलोसम्म तौल हुने चिम्पाञ्जीले दिनमा १५ किलोसम्म घाँसपात र फलफूल खान्छन् ।

 

 

चर्चामा

सम्बन्धित समाचार