मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाज
  • छात्रमैत्रि शौचालय निर्माण पछि नियमित बिद्यालय आउछन् छात्रा

छात्रमैत्रि शौचालय निर्माण पछि नियमित बिद्यालय आउछन् छात्रा

  • शुक्रबार, बैशाख २, २०७९
छात्रमैत्रि शौचालय निर्माण पछि नियमित बिद्यालय आउछन् छात्रा

बाजुरा–त्रिबेणी नगरपालिका ४ तोलीमा रहेको तोलीदेबलडाडा माबि कक्षा ११ मा अध्यनरत छात्रा सुस्मिता साउद महिनावारी भएको बेला अहिले नियमित बिद्यालय आउने गरेकी छन् । कक्षा ७ पढदा महिनावारी हुन लागेकी सुस्मिता केही बर्ष त महिनावारी भएको बेला चार देखी पाँच दिन बिद्यालय नआउने गरेकी थिईन् ।
बिद्यालयमा छात्रमैत्री शौचालय, प्याड ब्यबस्थापन र खानेपानीको ब्यबस्थापन नहुदा महिनामा चार दिन सम्म घरमै बस्ने गरेकि थिईन् । एक बर्ष यता बिद्यालयमा छात्रमैत्रि शौचालय मर्मत र नयाँ निर्माण भए सँगै सुस्मिता अहिले बिद्यालय नियमित आउने गरेको वताईन् । महिनावारी भएको तिन दिन सम्म धेरै रगत बग्ने गर्छ, पहिला प्याड पनि हुदैन् थियो, शौचालय पनि व्यबस्थित थिएन्, अहिले बिद्यालयमा सबै ब्यबस्थापन भएपछि महिनावारी भएको दिनमा पनि बिद्यालयमा आउने गरेको सुस्मिताले वताईन् ।
सुस्मिता जस्तै कक्षा ११ मा अध्यनरत गौरा साउद पनि महिनावारी भएको बेला नियमित बिद्यालय आउने गरेकी छन् । पहिला बिद्यालयमा शौचालयको ब्यबस्थापन थिएन्, प्याड हुदैन् थियो, शौचालय पनि सबै बिद्यार्थीको एउटै थियो । अहिले छात्रमैत्री शौचालय सँगै प्याड ब्यबस्थापन र खानेपानीको ब्यबस्थापन छ, अहिले भने महिनावारी भएको बेला नियमित बिद्यालय आउने गरेको गौराले वताईन् ।
तोलीदेबलडाडा माबि नजिकै देउताको मन्दिर र बिद्यालयमा शौचालय ब्यबस्थापन नहुदा चार देखी पाँच दिन छात्राहरु बिद्यालय नआउने गरेका थिए । अहिले चेतना सँगै शौचालय, खानेपानी, प्याड ब्यबस्थापन भएपछि छात्राहरु नियमित आउने गरेको बिद्यालयका प्रअ बिष्णु प्रसाद ओझाले वताएका छन् । कक्षा १२ सम्म रहेको बिद्यालयमा ४ सय ८५ जना छात्राहरु अध्यनरत रहेका छन् । प्याड ब्यबस्थापन सँगै छात्राहरुले प्याडको प्रयोग पनि गर्ने गरेका छन् ।
देबलडाडा माबि जस्तै बाजुराका ५ स्थानिय तहका ४० वटा माध्यामिक तहका बिद्यालयमा छात्रमैत्रि शौचालय निर्माण भएसँगै छात्राहरु महिनावारी भएको बेला नियमित आउने गरेका छन् । सरकारको सहकार्यमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग-कोइका र गुड नेवर्स इन्टरनेश्नलको सहयोगमा बाजुरामा स्वास्थ्य अधिकार सुधार परियोजनाले बिद्यालयमा छात्रमैत्रि शौचालय निर्माणमा सहयोग गरेको छ । शौचालय निर्माण सँगै महिनावारी स्वच्छता शिक्षा, शिक्षकको क्षमता अभिबृद्धि समेत गर्ने गरेको बाजुरा परियोजना संयोजक देबेन्द्र शाहले वताए । शौचालय निर्माण पछि ६ हजार ५ सय ४२ जना छात्राहरु लाभाबान्ति भएको शाहले वताए । स्थानिय स्तरमा पीसिवन र किर्डार्क नेपालले परियोजनामा साझेदारी गरिरहेको छ ।
जिल्लामा सामुदायिक तथा निजि बिद्यालयमा छात्रमैत्रि शौचालय र प्याड ब्यबस्थापन नहुँदा किशोरी समस्या भोग्दै आएपछि परियोजनाले शौचालय बनाउनमा सहयोग गरेको जनाएको छ । छात्रामैत्री शौचालय निर्माण पछि महिनाबारी तथा अन्य स्वास्थ्य समस्यामा परेका छात्रा बिद्यार्थीहरुलाई सहयोग पुगेका परियोजना सल्लाहकार जों ह्वा लीले बताईन । बाजुरा जिल्लाका बडिमालिका, त्रिबेणी, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह, गौमुल गाउपालिकाका ४० ओटा माबि १६ ओटा स्वास्थ्य सस्थालाई परियोजनाले स्वास्थ्य तथा सरसफाई, क्षमता अभिबृद्धि सम्बन्धि तालिमको सहयोग गर्दै आएको जों ह्वा ली ले जनाईन् ।
बाजुराका अधिकांश बिद्यालयमा छात्रमैत्रि शौचालय नहुदा किशोरीहरुलाइ समस्या भइरहेको छ । केही बिद्यालयमा यो परियोजनाले सहयोग गरेको भएपनि केही भने अझै समस्या रहेको शिक्षा समन्वय इकाइ बाजुराका प्रमुख हर्क बहादुर सिंहले वताएका छन् । सरकारले बिद्यालयमा अनिवार्य सेनेटरी प्याडको ब्यबस्थापन गरेको भएपनि केही बिद्यालयमा प्याड ब्यबस्थापन नहुदा छात्राहरुलाई समस्या भइरहेको छ । बाजुरामा १ सय ८६ आधारभुक्त बिद्यालय, ६५ माध्यामिक बिद्यालय, ३ वटा क्यापस रहेका छन् ।
बाजुरामा अझै पनि महिनावारीको बेला घर भन्दा अलगै राख्ने सार्वजनिक ठाँउमा नजाने गरेका छन् । प्राय महिनावारी भएको ३ दिन सम्म छात्राहरु बिद्यालय नजाने गरेको पाईएको छ । सरकारले नितिमा निशुल्क सेनेटरी प्याडको ब्यबस्थापन गरेको भएपनि केही बिद्यालयमा प्याड ब्यबस्थापन गर्ने ठाँउ बिद्यालयमा नहुँदा सरकारको निशुल्क प्याड ब्यबस्थापन नारामा सिमित रहेको नागरिक अगुवा प्रदिप राज जैशीले वताएका छन् । बाजुरामा महिनावारी भएको बेला धेरै महिला छाउगोठमा बस्दै आएका छन् ।
यो तालिमले हामीले सानो सानो दैनिक रिपोटिङ्ग गर्नमा ठुलो सघाउ पुग्ने छ । हामीले पाठक तथा स्रोतालाई पठनिय बनाउन सघाउ पुग्ने छ । अर्को दैनिक रिपोटिङ्गमा खोज कसरी बनाउने भन्नेमा समेत सघाउ पुयाउने छ ।

चर्चामा

सम्बन्धित समाचार