काठमाडौं — आगलागीमा परेर भारतको हरियाणा हिसारमा एक जना नेपालीको ज्यान गएको छ।
मंगलबार राम चाट भण्डारमा आगलागी हुँदा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ का १४ वर्षीय भीमबहादुर कुमालको ज्यान गएको हो। कुमाल ३ महिना अघि मात्रै भारत गएका थिए।