शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • डान्सिङ स्टार्समा सोनिका र दिलिपको तहल्का

डान्सिङ स्टार्समा सोनिका र दिलिपको तहल्का

  • आइतवार, चैत्र २७, २०७८
डान्सिङ स्टार्समा सोनिका र दिलिपको तहल्का

अर्थ जङ्ग शाही/ बझाङ — चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’ को दोस्रो सिजन प्रसारण जारी रहेको छ । शोको लोकप्रियता पनि धेरै बढेको छ । साँझ ८ बजे हिमालय टेलिभिजनमा प्रसारण हुँदै आएको छ । मोडल सोनिका रोकाया र कोरियोग्राफर दिलीप ओखेडाको नृत्यलाई पनि दर्शले खुबै रुचाएका छन् ।

मोडेल सोनिका रोकाया र कोरियोग्राफर दिलिप ओखेडा (सुर्ति माड्दा-माड्दै) गीतमा नाचेको भिडियोले सामाजिक संजालमा निकै चर्चा बटुलेको छ। सोनिका रोकायाको जोडीको नृत्यलाई दर्शक र निर्णायकहरुले मन पराएका छन् । दर्शकहरुले सोनिकाको नृत्यको प्रशंसा गर्दै सामाजिक सञ्जालमा कमेन्टहरु समेत गरेका छन् ।

डान्सिङ स्टार्स नेपालको भोटिङ पार्टनरमा खल्ती डिजिटल वालेट आएको छ । प्रतियोगिता यही १२ चैतदेखि हिमालय टिभी एचडीमा हरेक शनिबार प्रशारण भइरहेको छ । यसमा १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटीहरू प्रतिष्पर्धी गरिरहेका छन् ।

तपाईंलाई जानकारी गराउ कि प्रतियोगिताको निर्णायकमा दिलीप रायमाझी, रेनिशा राई र गौरी मल्ल रहेका छन् । आफूले मन पराएको जोडीलाई भोट गर्नका लागि खल्ती एप वा वेबसाइटमा गएर गर्न सक्नुहुन्छ ।

चर्चामा

सम्बन्धित समाचार