पदमबहादुर सिंह — बाजुरा जिल्लामा संचालित कोइका र गुड नेवर्स इन्टरनेश्नलको आर्थिक सहयोग निर्माण गरिएका अत्याधुनिक शौचालय बिद्यालयलाई हस्तान्तरण गरिका छन् । त्रिबेणी नगरपालिकाको तोली माबि र खप्तड छेडेदह गाउपालिकाको खापरदेवस्थली माबिमा निर्माण गरिएका छात्रामैत्री शौचालय हस्तान्तरण गरिएको परियोजना अधिकृत्त देबेन्द्र शाहले बताए ।
कोइका र गुड नेवर्स इन्टरनेश्नलको आर्थिक सहयोग पीसविन बाजुरा र किडाकको साझेदारीमा स्वास्थ्य अधिकार सुधार परियोजनाले निर्माण गरिएका छात्रामैत्री सौचालय एक भब्य कार्यक्रमका साथ हस्तान्तरण गरिएको हो ।
छात्रामैत्री शौचालय निर्माण पछि महिनाबारी तथा अन्य स्वाथ्य समस्यामा परेका छात्रा बिद्यार्थीहरुलाई सहयोग पुग्ने परियोजना सल्लाहकार जों ह्वा लीले बताईन । बाजुरा जिल्लाका बडिमालिका, त्रिबेणी, बुढीगंगा नगरपालिका, खप्तड छेडेदह, गौमुल गाउपालिकाका ४० ओटा माबि र १६ ओटा स्वास्थ्य सस्थालाई परियोजनाले स्वास्थ्य तथा सरसफाई, क्षमता अभिबृद्धि सम्बन्धि तालिमको सहयोग गर्दै आएको छ ।
त्यस्तै ५ ओटा स्थानिय तहका १ सय ६२ महिला स्वास्थ्य स्वयम् सेविका, ६ हजार भन्दा बढी किशोरी, र ५ हजार भन्दा बढी किशोरसंग प्रत्यक्ष काम गरिरहेको जनस्वास्थ्य अधिकृत्त महेश जैशीले बताए ।
शौचालय निर्माण पछि महिनावारि स्वछ्ता ब्यबस्थापन मार्फत किशोरीहरुको स्वास्थ्य अधिकारमा सुधार ल्याउने लक्ष्यका साथ किशोरीहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउने बिश्वास लिएको जैशीले बताए । त्यस्तै किशोरीमैत्री शौचालय निर्माण, शौचालय मर्मत, खानेपानी आपूर्ति मर्मत, महिनाबारि स्वच्छता सामग्री बितरण, किशोर किशोरी, महिला स्वास्थ्य स्वयंसेबिका, धामी झाक्री र समुदाय स्तरमा महिनाबारि स्वच्छता शिक्षा जस्ता कार्यक्रम गर्दै आएको जैशीले बताए ।
शौचालय हस्तान्तरण कार्यक्रममा गर्न बाजुरा आएका देशीय निर्देशक जे क्यूङ्ग रोले नेपालमा कोइका र गुड नेवर्स बिगत २० बर्ष देखि नेपालमा काम गरिरहेको वताए । बिगत लामो समय देखि बाजुरामा पनि स्वास्थ्य अधिकार सुधार परियोजना अन्र्तगत काम गरिरहेको उनले बताए । यो परियोजनाले बाजुरामा महिनावारी स्वच्छताको सेवा तथा सुविधा बढाउने, ज्ञान सीप र धारणमा परिवर्तन ल्याउने र महिनावारी सम्बन्धि हुने विभेद घटाउने बिश्वास लिएको बताए ।