गजल!

  • बिहिबार, चैत्र २४, २०७८
गजल!

देश जनताको हितमा ब्यबहार हुनुपर्छ,
हामिहरूको प्रगतिसिल बिचार हुनुपर्छ।

लालि पाउडर होइन राम्रो कला सिकौं,
सधैभरी आफ्नै पौरखमा प्यार हुनुपर्छ।

गर्यौं आफ्नो खाई सधै समाजिक काम,
समाज सेवा त बिधान अनुसार हुनुपर्छ।

परदेशमा बसे पनि घाटा नाफा भन्दैनौं,
सोंच्यौं आफ्नो काममा निखार हुनुपर्छ।

सधै रचना लेख्ने रहर मात्र होइन हाम्रो,
यो पनि हाम्रो शंघर्षको आधार हुनुपर्छ।

साथिहरू सधै बन्दुकको कुरा गर्छ किन,
हाम्रो यही कलम पनि त तरवार हुनुपर्छ।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार