आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले अध्यक्ष ओली धनगढी आउँदै

एमाले अध्यक्ष ओली धनगढी आउँदै

  • शनिबार, चैत्र १९, २०७८
एमाले अध्यक्ष ओली धनगढी आउँदै

धनगढी — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम आउने भएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका ओली (पर्सी) २१ गते धनगढी आउन लागेका हुन्।

ओली धनगढीमा हुने स्थानीय तह निर्वाचन केन्द्रित प्रदेशस्तरीय चुनावी प्रचार तथा रणनीतिक भेलालाई सम्बोधन गर्नका लागि यहाँ आउन लागेको बताइएको छ। प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा उक्त कार्यक्रम रिद्दीसिद्दी पार्टी प्यालेसमा हुनेछ। ओलीसँगै पार्टीका अन्य शिर्ष नेताहरु पनि कार्यक्रममा आउने जनाइएको छ। बैशाख ३० मा स्थानीय निर्वाचनको मिति तोकिएसँगै दल तथा नेताहरु चुनाव केन्द्रित हुन थालेका छन्।दिनेशखबरबाट । 

चर्चामा

सम्बन्धित समाचार