करिब दुई तिहाइको केन्द्र सरकार, ६ वटा प्रदेश सरकारहरु, विशाल एकीकृत पार्टीको नेतृत्व, सुखी र समृद्द नेपाल बनाउने अवसर, अविभाजित पार्टी, त्यति मात्रै हैन राष्टिय सभा नतिजा, यतिधेरै गुमाइसक्दा पनि अब बचेको पनि गुमाउने उत्तेजनाका पछाडीको मक्सद के होला गुमेकोमा समिक्षा हैन उत्तेजनात्मक रटान र त्यसैमा ताली < अहिले पनि सबैभन्दा ठुलो दल नेकपा एमाले नेतृत्वका सम्बन्धमा मनमा खेलिरहने प्रश्न हुन यी ।
स्थापना कालदेखि नै टुटफुटको श्रृखलाबाट गुज्रिएका नेपालका कम्युनिष्टहरु विभाजित भइरहने कुरा देखाइभोगाईका दृष्टिले त्यति नयाँ त हैन, तर यतिबेलाको टुटफुट, त्यसका परिणामहरु र सम्भावित परिदृष्यहरुले भने सायद कम्युनिष्ट शुभेच्छुकहरुलाई सारै धेरै दर्द दिइरहेको हुनुपर्छ । इतिहासमा चतुर्याइँपुर्वक गठबन्धन र एकता गरी प्रचण्ड बुहमत प्राप्त गरेको नेकपाले पूरा कार्यकाल सरकार सञ्चालन गर्न त सकेनन् सकेनन्, आशन्न निर्वाचनका लागि बचेकुचे सम्भावनालाई पनि स्वाहाः गर्ने मार्गमा उद्दत देखिन्छन् ।
हुन त अहिलेको टुटफुट र पानी बारावारको दृष्यका पछाडी एमाले र त्यसको नेतृत्वको मात्रै एकल दोष तथा प्रचण्ड र माधव दोषमुक्त हुन्न भन्ने तर्क गरियो भने त्यो पूर्वाग्रह होला । तर कम र बढिको कुरा चै अवश्य हो । मुलतः ओलीको अहंकार र माधव–प्रचण्डहरुको पदलोभी प्रवृतिले अहिलेको अवस्था आइलागेको हो भन्ने बुझाई राख्नेहरुको बाहुल्यता छ । मै मात्रै भन्ने दम्भबाट ओली बाहिर निस्कन सकेको भए वा जे पो होस् दुई वर्ष कुरौ न त भन्नेमा माधव प्रचण्डहरु पुगेको भए सायद यो हविगत हुन्थेन कि । यसबाहेक सतहमा नदेखिएका रहस्यहरु र बाह्रय प्रपञ्चभित्र उनीहरु सबै नराम्ररी फसेको अनुमान गर्ने फराकिलो ठाउँ पनि छ । तर अहिले पनि विगतका ती तिता परिघटनाको समिक्षा गर्ने र नयाँ ढंगले सोच्न उनीहरुलाई आपसी इगो र मनोवृतिले दिइरहेको छैन । पहिलो, दोस्रो, तेस्रो, चौथो र समर्थनको घेरामा रहेका उनीहरुका अन्धभक्त कार्यकर्ताहरुलाई भने नेतृत्वका अर्घेला र अचाक्ली वाणीहरुमा ताली पड्काउन र झन् एक स्टेप बढेर अर्घेला तर्कनाहरु गर्नमै मज्जा भइरहेको झल्किन्छ । यस प्रवृतिमा ओली बा को घेरै निकै अगाडी छ ।
बुधवार एमाले समर्थित एक जना ब्यवसायीको तरकारी ब्यापारको उद्घाटन कार्यक्रममा ब्यक्त वाणीमा तालीको गडगडाहट रोमाञ्चक थियो । दुर्गा प्रसाईले माओवादी र एसले एक सिट पनि जिते भने मेरो सबै सम्पत्ति त्यागेर वृन्दाबन जान्छु भन्दा धेरै जोडजोडले ताली बज्यो । के अवस्था प्रसाइँले भने झै होला त <
हो, एमाले अहिले पनि संसदमा सबैभन्दा धेरै संख्या भएको दल मात्रै नभई सर्वाधिक मजवुत संगठन भएको पार्टी पनि हो । पहिला जस्तो गुटउपगुट नभएको, बलियो संगठन, ओलीको हर निर्देशनलाई विजुली रफ्तारमा पालना गर्ने कार्यकर्ता एमालेको मजवुत आधार हुन् । अर्कोतिर निकै खस्किदो माओवादीको पोजिशन उसको संकट हो । यस्तै भर्खर टुसाउन थालेको नेकपा एसले एक्लै जित हासिल गर्न मुस्किल हुने अवस्था यथार्थ हो । यसको अर्थ माओवादी केन्द्र र नेकपा एसले केही गर्नै नसक्ने हुन त < सम्भवतः एमालेको बुझाईमा भ्रम र मुख्र्याइँ यहीँनेर छ कि भन्ने लाग्छ । एमालेलाई धक्का दिन नेकपा एस र माओवादीको मत काफी छ भन्ने यथार्थतालाई एमालेजनले मनन गरिरहेका छैनन् या बुझेर पनि बुझपचाइरहेका छन् ।
हुन त एमाले, माओवादी र एसका बीचमा सैद्धान्तिक फरक छ, फलानो भन्दा फलानो गजब छ भन्ने तर्क गर्नु आफैमा भ्रम वा नियोजित वा स्वार्थपूर्ण अभिब्यक्ति हुन जान्छ । आफुलाई कम्युनिष्ट भन्ने नेताहरुमा कम्युनिष्ट चरित्र स्खलित छ । विकास र परिवर्तनका दृष्टिमा गरिबी र वर्गीय विभेदको अन्त्य, समान शिक्षा र स्वास्थ्य सेवाको अवसर सृजना गर्नुभन्दा भ्यु–टावर निर्माणको प्राथमिकताले उनीहरुको विकास भिजन झल्काउँछ । कांग्रेसको त के कुरा गर्नु । कम्युनिष्ट भन्नेहरु त यस्तो दलदलमा फसेका छन् भने कांग्रेसको कुरा गरेर शब्द खर्च गर्नु बेकार हो । धेरै पर किन जानु ? पाँचौ पटक प्रधानमन्त्री हाकिरहेका अहिलेकै प्रधानमन्त्रीको ढर्रा हेरौं न । परिवर्तनका लागि कुनै गति छ र < तसर्थ, कांग्रेसका बारेमा धेरै कुरा नगरौं । बरु कांग्रेस जे हो त्यही छ ।
अब गठबन्धन सम्भावना र त्यसले ल्याउने नतिजाका वारेमा थोरै आंकलन गरौं । अस्तिसम्म जुनसूकै दलवीच पनि गठबन्धन बन्न सक्छ भन्ने शंका थियो । त्यसक्रममा वर्तमान गठबन्धन भत्काउन एमालेले कांग्रेसलाई धेरै सहुलियत दिएर प्रचण्ड–माधवलाई अहिले नै ‘सडकमा ल्याउन’ पनि सक्छ । वा, कांग्रेसले प्रचण्ड–माधवलाई अझ बढी सहुलियत दिएर एमालेलाई ‘साइज’ मा ल्याउन पनि सक्छ भन्ने शंका थियो । तर सत्तारुढ दलहरुले बिहीबारको बैठकद्धारा वर्तमान गठबन्धनलाई नै झन् कसिलो बनाउने समझदारी गरेरउनीहरु दोस्रो सम्भावनाउन्मूख देखिएका छन् र एमालेसँग गठबन्धनके सम्भावना टर्दैछ । अद्यपी, गठबन्धन गर्ने नगर्ने निर्णयको केन्द्रमा रहेको कांग्रेस र उसका सबै कार्यकर्ताहरु शीर्ष नेताहरुको समझदारीप्रति सन्तुष्ट छैनन् । खासगरी तल्लो तहका कांग्रेसजनमा आफ्नो दल एक्लैले बहुसंख्यक सिटमा जित हासिल गर्न सक्छ भन्ने दम्भ छ र एक्लै लड्नु पर्ने धारणा छ मजवुत छ। तर राजनीतिका माहिर खेलाडी प्रचण्डले यस घटनालाइ ढंगले केलाइ रहेकाका छन् ।
यसर्थ, बीचैमा खटपट आएन भने अहिलेकै गठबन्धन कायम रहने र एमालेलाई धेरै ठुलो धक्का लाग्नेमा कुनै गहन रिसर्च गरिरहनु पर्ने देखिन्न । राष्टिय सभामा के भयो < गत आमनिर्वाचनमा गठबन्धनकै कारण दुई तिहाइ नजिक नतिजा आएको हैन र < सुदूरपश्चिममै पनि कांग्रेस एक सीटमा सीमित हुनुको कारण गठबन्ध हैन र < नेपाली भोट कल्चर के छ < पार्टीको निर्देशन विपरीत वा पकडभन्दा बाहिर जाने मत कति होला < यी प्रवृत्ति वारे समिक्षा गरे सम्भावित नतिजाका नजिक पुगिन्छ होला ।
अझै समय छ । ठूलो दल हुनुका कारणले पनि अग्रसरता एमालेले नै लिनुपर्ने हो । तर उसमा अझै विछट्टै अहंकार कायम छ । अहंकारबाट बाहिर आउन सक्यो र विगतका कमिकमजोरीको समिक्षा गर्दै एमालेजन एक स्टेप पछाडी सरे भने वाम गठबन्धन नहुन सक्ने भन्ने नै के छ र < कम्युनिस्टहरुले कम्युनिस्टको विरोध गरेर कम्युनिस्टले नै बहुमत ल्याउने घोषणा गरिरहनु अत्यन्तै भद्दा ठट्यौली बाहेक केही हैन । त्यसैले अब भएको जोगाउने वा पूर्ण सर्वनासको मार्गमा जाने भन्ने निर्णय एमालेकै हातमा छ । समयमै बुद्धि पलाए राम्रो ।
(लेखकका यी ब्यक्तिगत विचार हुन् । आवद्ध संस्थासँग कुनै सम्बन्ध छैन ।)