• होमपेज
  • देश
  • उच्च अदालतले माग्यो पल शाहलाई थुनामा पठाउँदा प्रमाण लिएका कागजात

उच्च अदालतले माग्यो पल शाहलाई थुनामा पठाउँदा प्रमाण लिएका कागजात

  • बुधबार, चैत्र १६, २०७८
उच्च अदालतले माग्यो पल शाहलाई थुनामा पठाउँदा प्रमाण लिएका कागजात

काठमाडौं — उच्च अदालत पोखराले जबर्जस्ती करणी अभियोगमा अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई थुनामा पठाउने आदेश गर्दा प्रमाण लिएका कागजात मागेको छ ।

शाहले दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्दा प्रमाणमा लिएका कागजातको प्रमाणित प्रतिलिपी माग गरेको उच्च अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए ।

शाहलाई जिल्ला अदालत तनहुँले १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध शाहले मंगलबार दिएको निवेदनको बुधबार प्रारम्भिक सुनुवाइ भएको हो ।

‘उहाँको निवेदन अनुसार आदेश दिन फुल हेयरिङ हुनुपर्छ । यो प्रारम्भिक सुनुवाइ मात्र हो,’ सूचना अधिकारी आचार्यले भने ।

चर्चामा

सम्बन्धित समाचार