• होमपेज
  • कला /साहित्य
  • चर्को नारामा अल्झिएको गणतन्त्र!

चर्को नारामा अल्झिएको गणतन्त्र!

  • आइतवार, चैत्र १३, २०७८
चर्को नारामा अल्झिएको गणतन्त्र!

सुरेशकुमार पान्डे — पैंतालिस छयालिस साल तिर हामी आफैलाई पनि लाग्थ्यो देशभित्र जनवादी क्रान्ति अपरिहार्यछ र त्यो निकट भबिश्यमा समपन्न हुंनेछ।तर समयले कोल्टे फेर्यो देशभित्रको बिद्रोहलाई उपयोग गर्न आन्दोलनकै बिचका नेताहरूले त्यो वेला राजाले बहुदल घोषणा गरेपछि आन्दोलन कारीहरू अन्यौलमा परे।त्यो वेला राजालाई हेर्ने दृष्टिकोणमा पनि आन्दोलनकारीहरूको मत बिभाजित भयो।
राजालाई विश्नुको औतार मान्दै आएको मनषपटलले राजाले घोषणा गरेको बहुदलिय ब्यबस्थालाई मुल्याङ्कन गर्ने दृष्टिकोण पनि त्यही प्रकारमा बिभाजित गर्यो।२०४७सालमा राजा द्वौरा बनाएको सम्बिधानको अध्यायन पछि आन्दोलनकारीहरू फेरी एकठाउंमा हुनथाले त्यो देखेर राजाले त्यही आन्दोलनकारीहरू लाई आफुले बनाएको सम्बिधानलाई सुधार गर्न निम्तो पठाए।त्यो राजाले फालेको बल्छि सहि निशानाम लाग्यो र त्यो सुधार आयोगमा आन्दोलनका इमानदार यौद्धाहरू समेत फसे त्यसको एउटा उधारण कामरेड निर्मल लामा समेत हुनुहुन्छ।निर्मल लामाले दिल्लिको एउटा शयुँक्त प्रदर्शनमा मञ्चबाटनै त्यसबारे आत्मलोचना गर्दै भन्नु भएकोथियो”त्यो वेला मैले सोंचेको थिएं सुधार आयोगमा बसेर जनतालाई केही सुबिधा दिन सक्किन्छ भन्ने तर त्यो मेरो भुल थियो।”निर्मल लामाले यिमानदारी पूर्वक आत्मालोचना गरेको हामिले भुलेकाछैनौं।
त्यो वेला नेकपा(मसाल)समेतलाई पठाएको निम्तोमा मसालले भाग लिएन र त्यो सम्बिधान बाट सार्वभौम सत्ता राजामानै निहितहुने बतायो।राजाले यो सम्बिधान बाट एकदिन जनताको अधिकार खोस्न सक्नेछ भनेर त्यो वेलाको बहुदललाई कालो बहुदल भन्यो।मसालको त्यो भनाई लाई ब्यंग्य गर्दै कतिपयले मोहन बिक्रमको स्यालहुइया भनेर दाह्रा नङ्ग्रा भांचेर पिंजडामा थुनेको बाघ सँग डराउँनु पर्दैन समेत भनेका थिए।
एकातिर चर्को नारा लगाउँने र जनतामा भ्रम छर्ने आर्को तिर जनताको हितमा माखो नमार्नेहरूले त्यो वेलाको निर्बाचन २०४८पहिलो संसदिय ब्यबस्थामा भाग लिएर जितेका पनि थियो।
तर नेकपा मसालले त्यो वेलाको बहुदलिय ब्यस्थालाईनै कालो बहुदल भनेर बिरोध गर्दै सम्बिधान सभाको माग गरेको थियो त्यति वेलाको संसदिय चुनावलाई बहिस्कार गर्नू नैतिक रूपमा ठिक हुन्थ्यो र नेकपा मसालले त्यही गरेको थियो।त्यो वेलामा चुनावमा भागलिएको भए साहिद पार्टीले धेरै ठाउँमा जित्न पनि सक्नेथियो होला तर नैतिक रूपमा त्यो वेला चुनाव बहिस्कार गर्नुनै ठिक थियो।पछि २०४९सालको स्थानिय निर्वाचनमा मसालले किसान मोर्चाको तर्फबाट भाग लिएयो।स्थानिय चुनावलाई बहिस्कार गर्ने कुनै तुकछैन स्थानिय निकां बाटनै हामिले आफ्नो पार्टीको प्रचार गर्न र स्थानिय तहमा भएको भ्रष्टचारको बिरोध गर्न सक्छौ।
२०४६पछि जनाताको शक्ति बट्यो २०४८पछि पनि जनताको शक्ती बट्यो यो ब्यबहारले देशमा नौलो जनवादी क्रान्तिको शक्ति क्रमस घट्दै गयो।तर जतिवेला माओवादीहरूले जनयुद्ध भनेर सस्त्र आन्दोलन सुरू गरे त्यो वेला उनिहरूले जनयुद्ध सुरू नगरेर यदी जनयुद्धको आधार तैयार पार्दै नैतिक शिक्षा दिंदै संगठन बलियो बनाउँथे भने त्यो सैधान्तिक उठानले नौलोजनवादको जनम गर्ने थियो त्यँहानिर माओवादीहरूले ठुलो भुल गरेकाथिए।उनिहरूको कथित जनयुद्धको कारण राजाले २०४७को सम्बिधानलाई टेकेर शाहि घोसणा गर्न सफल भए।त्यो नेकपा मसालले त्यो वेला भनेको भबिश्यबाणि प्रमाणित भयो।वास्तबमा नेकपा माओवादीको त्यो वेलाको कथित जनयुद्धले देशलाई ठुलो नोक्सान त गरेकोछ क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई समेत अपुर्णिय क्षती भएकोछ।तर अहिले पनि माओवादीको त्यो वेलाको जन आन्दोलनलाई निश्पक्षरूप बाट चिरफार गर्ने क्षामता माओवादीका नेताहरूमा छैन।बरू त्यो कथित जनयुद्धलाई सहि हाबित गर्न एकपछि आर्को गलति गरिरहेकाछन।यद्मापी त्यो गलत थियो भन्ने कुराहरू स्वायम वेला बखतका उनिहरूका बिचर वा ब्यबहारले पनि पुष्टी गर्दै आएकोछ।
जति पटक चर्को नारा उठेकोछ त्यति पटकनै जनताको जनाधिकार कुण्ठित हुंदै आएकोछ र देशमा बिदेशीको चलखेल बढ्दै आएकोछ।यो वास्तबिक देशको अनुहार सबैले सबैभन्दा प्रष्ट देखिने आइनाहो।त्यो वेला २०४७सालमा सबै राजनीतिक पार्टीको एक मत भयको भए त्यही वेला सम्बिधान सभाको निर्वाचन हुनेथियो र देशले बिकासमा फट्को मार्ने थियो।देशका होनहार युवाहरूको अकालमा मृत्यु हुनेथिएन।त्यो वेला देशमा भएको नोक्सानको कहिलैई पनि भरपाई हुनसक्नेछैन।
अहिले पनि देशभित्र त्यही मानसिकता प्रसस्तै भेट्टिन्छ।जस्ले चर्का नारा लगायो उसै पट्टि जनता लाग्छन जस्ले भण्डार लगायो उसैलाई मतदान गर्छन तर फाइदा भने अरू कसैले उठाएको हुंन्छ।
चुनाव एउटा पुंजिवादी राजनीति अन्तरगतको एउटा प्रकृयाहो जनताको मत प्राप्त गर्ने प्रकृया तर देशमा भएका राजनीतिक पार्टीहरूले चुनावमा भाग लिन र वहिस्कार गर्न सकिन्छ त्यो उन्को अधिकारको कुरापनिहो त्यो देश र जनताको हितमा चुनावलाई उपयोग गर्ने वा बहिस्कार गर्ने पद्ति हुनुपर्छ।अहिलेको यो अबस्थामा चुनाव बहिस्कारको कुनै अर्थछैन।खास गरेर स्थानिय चुनावलाई बहिस्कार गरेर आफ्नो पार्टीलाई पनि फाइदाछैन।स्थानिय रूपमा भएका तमाम भ्रष्टचारलाई निर्मुल पार्ने माध्याय पनि स्थानिय चुनाव कारगर हुनसक्छ।
कतिपय साथिहरूले चर्का क्रान्तिकारी नारा लगाउँने त गर्छन तर त्यो अर्थ न बर्थको नाराले देशलाई कहां पुराउँछ त्यसबारे पनि अलि निदार खुम्चाए हुनेथ्यो।समाजमा जातिय क्षेत्रिय नाराहरू लगाउंनेहरूले ब्यबहारिकतामा ढाल्न सक्छन?जसले नौलो जनवादी क्रान्ति र आमूल परिवर्तनका कुरा गर्न उनिहरूको ब्याक्तिगतरूपमा पनि सुधार हुनुपर्छ।
चर्को नारामा जनताको वास्तिबिक अधिकार हुंदैन बरू ति नारा लगाउंनेहरूको स्वार्थ अन्तरनिहित हुन्छ भन्ने बारे बिगतका तमाम घटनाक्रमले पुष्टी गर्दै आएकाछन तर पनि जनताले किन उनिहरूको सपोर्ट गर्छन भने उनिहरू यो ब्यबस्था बाट वास्तबिक रूपमा दुखी भएकाछन मुक्त हुनचाहान्छन र उनिहरूले निकास खोजेकाछन।
अहिले सम्म जनताले कम्युनिष्ट भनेपछि एमाले लाई भोट दिने एमाले सँग रिस उठेपछि कांग्रेसलाई भोट दिने ब्यबहारले गर्दा देशले गती लिनसकेकोछैन।उनिहरूकै आलोपालो सत्तामा हालिमुहाली भएकोछ।देशमा भएका देशभक्त तथा क्रान्तिकारी पार्टीहरूलाई सानो देखेर जनताले भोट दिंदैनन् त्यसकारणले पनि चुनाव जितेर कुनै देशभक्त संसदमा पुग्न सक्दैन र यिनिहरूले बिदेशीहरू दलालि गर्ने मौका पाउँछन।यदि जनताले यिनै झिना मसिना पार्टीलाई भोट दिन्थे भने यिनै भोलिका दिनमा ठुला पार्टी हुंने थिए र देश आत्मनिर्भर हुनेथियो।देशभक्तको पार्टी संसदमा पुग्छ भने बिदेशका दालहरूले देश बेच्न सक्ने थिएनन्।उनिहरूले चुनावको वेलामा झुठा आस्वासन र चर्को जनपक्षिय नारा लगाएर देशका जनताहरूलाई अन्यौलमा पार्ने र उनिहरूको स्वतन्त्र अधिकार समेतलाई कुण्ठित गर्ने प्रयात्न गर्दै आएकाछन।यिनै नारामा देशभित्र आएको गणतन्त्र उल्झिएको आभाष हुन्छ।

चर्चामा

सम्बन्धित समाचार