के थाहा कुन देशमा आउंछ काल गरिबको,
कसले गर्ला असक्तहुँदा देखभाल गरिबको।
छैन जुनी निर्धनको काम खोज्न हिंड्नेहरू,
बांचुनजेल हो पसिना फालाफाल गरिबको।
सबैलाई काम प्यारोहुन्छ देश बिदेशमा सधै,
नत्र त एक धेलाको हुंदैन कंकाल गरिबको।
सबैगर्न सक्छन गरिबले पौरखी हुन्छन सबै,
एकता हुंन सक्दैन त्यहिछ कमाल गरिबको।
धनिकै लागी ज्यान दिने बलिका बोका बने,
उनैको लागी बिक्रिहुँने भयो खाल गरिबको।
दार्शनिकहरूले त बाटो नदेखाएका होइनन्,
त्यही राजनीतिभित्र पनिछ बबाल गरिबको।
पुर्खाले इमान र धर्म को शास्त्र सुनाउंदै आए,
आधुनिक युगमापनि उस्तै बुराहाल गरिबको।
धनीका छोरा पनि धनीछन हाकिम मन्त्रीहरू,
जतिकाम गरेतापनि उस्तैभयो चाल गरिबको।
सुरेशकुमार पान्डे।