बाजुरा — बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको वडा न १ मुक्तीकोटको नाम मौखीक रुपमा मात्रै फेरीएको छ । तत्कालीन माओबादी द्धन्दका बेला डुमकोटको नाम मुक्तीकोट भनेर नाम बदलेको भए पनि यर्थातमा नाम परिर्वतन हुन सकिरहेको छैन ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ मुक्तिकोट नामले सो ठाउँलाई पनि हेपिरहेको छ । अहिले पनि सरकारि कामकाजमा डुम्कोट भनेर चिनिन्छ र लेखिन्छ । नाम त परिवर्तन सम्म सरकारले गरेको छैन भने अन्य के परिर्वतन हुन सक्यो होला सबैले आकलन गर्न सकिन्छ । २०५८ वैशाखअघि यो गाउँको नाम ‘डुमकोट’ थियो ।
सुदूरपश्चिममा ‘डुम’ शब्द दलितहरूलाई होच्याउनका लागि प्रयोग हुने सब्द हो । सरकारी अभिलेखहरूमा यो गाउँको नाम अहिले पनि डुमकोट नै रहेको पाईन्छ । २०५८ वैशाखपछि परिवर्तित नाम मुक्तिकोट नै अहिले बढी प्रचलनमा छ र मुक्तीकोट भनिन्छ । तर गाउँको नाम मौखीक रुपमा परिर्वतन भएर मुक्तीकोट भनिएको भए पनि त्यहाँका नागरिकले मुक्ती पाएका छैनन् । सरकारी कागज देखी अन्य रुपमा त्यहाँको अबस्था समेत परिर्वतन हुन सकिरहेको छैन ।
सरकारी अभिलेखहरूमा यो गाउँको नाम अहिले पनि डुमकोट नै छ । ०५८ वैशाखपछि परिवर्तित नाम मुक्तिकोट नै अहिले बढी प्रचलनमा छ । यसको श्रेय तत्कालीन द्वन्द्वरत माओवादीलाई जान्छ । ‘दलित मुक्ति मोर्चाका कार्यकर्ता आएर अब तपाईंहरूको मुक्तिका दिन नजिक आइसके । देशमा गणतन्त्र आउँछ । हामीजस्ता गरिब र दलितको सबैभन्दा पहिला मुक्ति हुन्छ । आजबाट यो गाउँको नाम मुक्तिकोट भयो भनेर उनीहरूले नै यो नाम राखेका हुन्,’ स्थानीय बाजे विकले भने ।
माओबादी पार्टी अहिले पनि सरकारमा छ र यो भन्दा पहिला पनि सकारमा नगएको होइन तर मुक्तीकोट जस्तै धेरै गाउँको अबस्था उही छ । माओबादीले यस्ता समस्या समस्या समाधान गर्ने भन्दै दलित र पछाडी पारिएका बर्गहरुलाई तत्कालीन युद्धमा लगेको भए पनि अहिले सम्म कुनै समाधानका उपायहरु र मुक्तीका लागि कुनै वास्था नगरेको स्थानीयको आरोप रहेको छ । अहिले पुष्पकमल दाहल प्रचण्डले नेतृत्व गरेको नेकपा माओबादी केन्द्र सरकारमा छ । तर मुक्तीकोटका मुक्तीका लागी भन्दा सत्ता चलाउने दाउमा लागेको पाईन्छ ।
माओवादीले नाम फेरेसँगै गाउँको अवस्था पनि फेर्ने सपना देखाएकको माओबादी केन्द्र कता हराएको होला त्यहाँका नागरिकहरुको गुनासो रहेको छ । मुक्तिको सपनाले सदियौंदेखि गरिबीको दुश्चक्रमा परेका यहाँका युवालाई लोभ्यायो । डुमकोट मुक्तिकोट मात्रै नभएर माओवादीको आधार इलाकामा बदलियो । कालापहाडको मजदुरी गर्ने, मालिकको हलो जोत्नेदेखि ऋण काढेर गुजारा गर्नेहरूले पनि माओवादीलाई साथ दिए ।
केही युवा मुक्तिको सपना पूरा गर्नका लागि युद्धमा समेत होमिए । यसैक्रममा कालीकोटको थिर्पुमा तत्कालीन शाही सेनाको गोली लागेर २० वर्षीय ओब्ज विक मारिए । युद्धमै हिँडेका २५ वर्षीय हरि विक बेपत्ताको सूचीमा छन । उनकै साथ लागेर हिँडेका १७ वर्षीय पान्जन विकको अत्तोपत्तो छैन । उनी अहिलेसम्म पनि बेपत्ताको सूचीमा परेका छैनन् न त आश्रित परिवारले नै केही राहत पाएको छ ।
दैनिकजसो गाउँमा आएर मुक्तिका कुरा गर्ने माओवादी नेताहरूको आगमन २०६४ को संविधानसभा निर्वाचनपछि यो गाउँमा छिरेको पनी छैनन । माओवादी सरकारमा गएपछि नमस्कार गर्दै खाना खान आउने नेताहरू नमस्कार गर्दा पनि नफर्काउने अवस्थामा पुगे । ‘तम्रै मुक्तिका लागि लडेका हौं । हाम्रो सरकार आए छि तम्रा दुःखका दिन जान्छन् भनेर खुब भाषण गर्थे,’ स्थानीय देवराज विकले भने, ‘तिनै नेताहरू अहिले गाडी मोटरसाइकल हुइक्याउँदै हिँड्छन । हामीले बिहानबेलुका अघाउन्जी भात खान पाएका छैनौं ।’ मुक्तीकोट बासीको गुनासो रहेको छ ।
अरू पार्टीका नेताहरू चुनावका बेला बाहेक आउँदैनथे । खानेपानी दिने, रोजगारी दिएर आफ्नै खुट्टामा उभ्याउने सपना देखाउँथे । उपचार नपाएर कसैले मर्न नपर्ने व्यवस्था गछौं भन्थे । केही पढेलेखेकालाई जागिरको प्रलोभन दिन्थे । बदलामा मुक्तिकोटवासीहरू नगदमै भोट दिन्थे । यो क्रम अझै पनि चलिरहेको छ ।
माओवादीका कणर्बहादुर विक र डबल शाह संविधानसभा सदस्य भए । विक उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री पनि भए । आफूले मत दिएका नेता पदमा पुगे, आफ्ना समस्या समाधान होलान् भन्ने सोचेका मुक्तिकोटका बासिन्दाले नेताहरूको अनुहार पनि देख्न पाएका छैनन । ‘अहिले पनि चुनावका बेला भोट माग्न त सबै आउँछन । चुनाव सकिएपछि कसैले मुख देखाउँदैन्,’ स्थानीय सुनपुरी विकले भनिन ।
सडक, खानेपानी, स्वास्थ्य चौकी हामी आए पछि बनाएका हौं । आवश्यक पर्दा अन्य सबै खालका सहयोग गरेका छौं,’ उनले भने, ‘त्यो गाउ नै खडेरीको चपेटामा छ । पहिरो छ । उब्जाउ जमिन छैन । जनसंख्या बढ्दै गएकोले अब घर बनाउन पनि ठाउँ नपुग्ने अवस्था छ । मैले त बस्ती स्थानान्तरणको विकल्प देखेको छैन ।’