सुरेशकुमार पान्डे।
घिरधारीलाल न्यौपानेको लेख पढ्दा हांसों लाग्छ अनि टिठ पनि लाग्छ।कसैलाई बांधेर राख्ने भनेको बिचारहो त्यो बाट मानिस पतन भएपछि के लाग्छर?कुनै पनि ब्याक्तीलाई बिचार राजनीति लाइन मन पर्दैन त्यो अन्त गएर राजनीति गर्न सक्छ तर अन्त गैसकेपछी आफुले पहिले छाडिसकेको नामलाई भजाउँनु मिल्दैन यदि त्यसो कसैले गर्छभनी हामिले त्यस बिचारको भण्डाफोर्ड गरेर जानुपर्छ।
उनिभन्छन” मूलप्रवाह भनेकै एमाले हो”भारतमा “मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले गरेको कामलाई आफुले गरेको भन्दै लेख्छन”आरूशी हेमराज को घटनालाई सिबिआई जांच गरायौं,हिमाचलमा मरेकालाई न्यायं दिलायौं आदी यित्यादी।त्यसता लाखौं काम एकता समाजले आफ्नो स्थापना काल देखि गर्दै आएकोछ र अहिले पनि गरिरहेकोछ।एकता समाजले गरेको कामलाई आफुले गरेको भन्नेहरू धेरैछन।
उनले आफुले १७बर्षमा कम्युनिस्टको सदस्यता लिएको पनि भन्छन।यद्मापि एकता समाज सामाजिक संगठनोंहो उनले समाजिक संगठनको सदस्यता लिएको सन८२मा हो त्यों वेला चौहान कतिबर्षको हुनुहुनेथ्यो त्यों उंहालाई थाहाहोला।मूलप्रवाह बनेको सन २००२माहो।उनले मूलप्रवाहको छैठौं सम्मेलन फरिदाबादमा भएकोलाई भत्काएर मूलप्रवाह हाम्रो मासिक बुलेटीनमा कब्जा जमाएकाथिए।गिरधारी जी ले आफ्नो स्वार्थ पुरा हुंन नसकेपछि मूलप्रवाह अखिल भारत नेपाली एकता समाजलाई छाडेर एमाओवादी तिर जानुभयो त्यंहाबाट एमाले मा हामफाल्न पुग्नुभयो।त्यंहाबाट जति ठाउं पुग्नुहुन्छ त्यों मूलप्रवाहनै बन्छ होला उंहाको लागी किनकी बर्षामा आंखा फुटेको गरूले सधैभरी हरीयो देख्छ भन्छन।
मूलप्रवाले गरेको कामलाई भजाएर जनता को माझमा भोट माग्न आउंदै हुनुहुन्छ।उंहाको खुल्ला किताबले प्रष्ट पारेकोछ यंहा एक नम्वरको अवसरवाद हुनुहुंन्छ जता खाना पायो उतै हाम फाल्यो।
हाम्रो संगठनको नाम भजाउंनेहरू धेरैछन जो जो भागे उनिहरूले आफ्नो खुट्टाले उभ्भिन नसकेपछी हाम्रो संगठनको नाम भजाउंछन।सन१९७९देखून अहिले सम्म धेरै रस्ता नेताहरूछन जोले हाम्रो संगठनको नाम भजाएर आफ्नो ज्यान पालेकाछन।मूलप्रवाहलाई यिनिहरूले धन्यवाद मात्रै दिएर पुग्दैन।मूलप्रवाह अखिल भारत नेपाली एकता समाज ले जुठा भांडा माज्ने ब्याक्तिलाई नेताबनाएर उपकार गय्रो तरह उनिहरूले मूलप्रवाहलाई बद्नाम गर्न घरघरै डुलेकाछन।सांच्चैहो उनिहरूलाई पोलिट ब्युरोमा पुराएको कयौंलाई संसद बनाएको कयौंलाई मंत्री बनाएको पनि मूलप्रवाहलेनै हो तरह त्यों मूलप्रवाहलाई उपयोग गरेर अंझैपनि जनता लाई भ्रमित पार्दैछन।
अहिले अरूले पुनि आफुलाई हामी (मसाल)हौ तरह मसालको बहुमतले गरेको निर्णयलाई मान्दैनौ किनकी हामिपनि गिरधारीलाल जस्तै स्वतन्त्रछौं भन्छन।यस्ता सबै स्वतन्त्र प्रेमीहरूले मिलेर एउटै मूल कमेटी बनाएपनि त हुनेथ्यो किन बेग्ला बेग्लै मूल प्रवाह बनाएकाछनहोला?साथिलाई मैले केभन्छु बने आर्काको नाम भजारे ज्यान पालन छाड्नुस आत्मनिर्भर बन्नुस समय मैं आफ्नो पहिचान बनाउंनुहोश सधैभरी मसालको बैसाखीले टेकेर कत्न पुराउंनुहोला आफुलाई?
गिरधारी ज्युले मूलप्रवा छाडेको छैठौं सम्मेलन पछिहो अहिले मूलप्रवाहले आठौं सम्मेलन भब्य रूपया सफल पारेकोछ तरह अंझै गिरधारी जी ले मूल प्रवाहको नाम भजाउंदै हुनुहुन्छ।किन होला एस्तों मसाललाई छाडेर किनारा लागेकाले पुनि रामू समय सम्म मसालकै गीत गाउंदा थोरैपनि हिचकिचाउंदैनन्।मसाल खराब भएको भए त एसरी मसालों नाम नबिक्नुपर्ने?केही त दालमा कालोछ?यो मैले भन्दैन आफै साथिहरूले भन्नुहोला आफ्नै मुखले भन्न लाज लागे महेशुर्ष गरे भैगो नी होइनर?कतिपय ब्याक्तिले आफुलाई संगठनको सर्वोपरि सम्झिने भुल गर्नुहुन्छ।संगठनको बिकाश कुनै एकजनाले गरेर भयको पनि होइन र सम्भव पनिछैन हजारौं हजार कार्यक्रताले दिन रात खटेर खाई नखाई जनताको माझमा गयर लगातार अथक शंघर्ष गरेपछि संगठनको बिकाश भएकोहो।
मैले बिगतमा एकता समाजको बारेमा लेख लेख्दा जसले संगठनका लागी निस्वार्थ एक घन्टा दियो त्यो पनि उसले गरेको योगदान हो भनेर कयौं पटक लेखेकोछुं।त्यसकारणले सबैको योगदानले मूलप्रवाहको बिकाश भएकोहो भन्नेकुरा बुझ्नुपर्छ।हामिले हाम्रो संगठनमा लाग्यो र संगठनको हितका लागि काम गर्दै आएका तमाम ब्याक्तिहरूलाई सम्मान गर्दछौं जसले संगठनको लागी जो जति समय दिएर इमानदारी संग गए।तर जसले बस्दा सम्म काम गरेपनि जानेवेलामा संगठनलाई नोक्सान पुरायो त्यो संगठनको अप्राधीहो जो गिरधारीहरूले गरेकाछन।
संगठनको सम्पत्ति “मूलप्रवाह मासिक”लाई उन्ले संगठन संग खोसेर लगेकाछन।संगठनको धेरै आर्थिक हिंनाबिना गरेका थिए।उन्ले छैठौं सम्मेलनको वेला संगठनले बनाएको पैनल समेत कयौं हरायो भनेर आफ्नै पाराले पैनल बनाएर पुरै केन्द्रिय समितिलाई आफु तिर तान्नेहिसाबले पैनल बनाएका थिए।त्यसको खुबै बिरोध पनि भएकोथियो।यदी हाम्रा कार्यक्रता समयमा सजग नभयको भए अहिलेको हाम्रो सरोज भवन समेत खोस्ने दाउँ नगरेका होइनन्।त्यो वेला कामरेड मित्रलाल शर्माले संगठनलाई जोगाउँनमा ठुलो योगदान दिनुभयको थियो त्यो बिषय इतिहाश अमर राख्नेछ तर संगठनलाई नोक्सान पुराउँनेहरू संगठन बाट फाइदा खोज्नेहरू
जस्ता ब्याक्तिहरू संगठनका गद्धार हुँन र उनलाई संगठनले इतिहाशका खलपात्रको लाइनामा राखेकोछ।
अहिले सम्म मैले कुनैपनि ब्याक्ति संगठनबाट संगठन छाडेर गइ सकेपछि कुनैपनि शब्दले घोंचेको छैन तर त्यो ब्याक्तिले आफु गैसकेपछि पनि संगठनको नाम भुनाएर फाइदा लिने कोसिश गर्छ भने त्यसको हामिले जनतामा भण्डाफोर्ड गर्नैपर्छ।
अहिले गिरधारी लालले त्यो दुशसहाश गरेकाछन त्यसकारणले उन्को बारेमा लेखिएकोछ।यदी उनले संगठनको नाम फेरी भुनाउँने कोसिश गरेभने यो अभियान अंझै चर्को हुनेछ।त्यसकारण यो संगठन भारत स्थित नेपालीहरूको संगठनहो घरहो र विस्वविध्यालयपनिहो भोलिका दिनमा हामिले पनि संगठनका नाम भजाएर संगठनको जरा काट्न थाल्यौं भने यो संगठनका हरेक सिपाहीले हाम्रो पनि भण्डाफोर्ड गरेर संगठनको रक्षागर्नेछ भन्ने कामना गर्दछुँ।