शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • पाल्पामा एक महिनामा २९ जना महिला हराए

पाल्पामा एक महिनामा २९ जना महिला हराए

  • शुक्रबार, चैत्र ४, २०७८
पाल्पामा एक महिनामा २९ जना महिला हराए

पाल्पामा गत एक महिनामा २९ जना महिला घरबाट हराएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले गत फागुन महिनाको कार्य विवरण सार्वजानिक गर्दै एक महिनाको अन्तरालमा २९ जना महिला हराएको उजुरी परेको जानकारी दिएको हो ।

त्यस्तै ५ जना बालबालिका र एक जना जेष्ठ नागरिक हराएका छन् । ती मध्ये २५ जना महिला फेला परेका छन् । ५ जना बेपत्ता छन् । फागुन महिनाभर २७ वटा घरेलु हिंसाका उजुरी परेका थिए । ती सबैको मिलापत्र गरिएको पाल्पाका सुचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए ।

चर्चामा

सम्बन्धित समाचार