शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • रुसको कदमले अन्तरिक्षमै अड्किन सक्छन् अमेरिकी अन्तरिक्षयात्री

रुसको कदमले अन्तरिक्षमै अड्किन सक्छन् अमेरिकी अन्तरिक्षयात्री

  • सोमवार, फाल्गुन ३०, २०७८
रुसको कदमले अन्तरिक्षमै अड्किन सक्छन् अमेरिकी अन्तरिक्षयात्री

युक्रेनमा जारी रुसी हमलाको कडा निन्दा गर्दै रुसमाथि विभिन्न खाले प्रतिबन्ध लगाएको अमेरिकाले युक्रेनलाई सहयोग गरेवापत ठूलो मूल्य चुकाउनु पर्ने हुनसक्छ । रुसी स्पेस एजेन्सी रसकसमसका प्रमुखले अमेरिकी अन्तरिक्षयात्रीलाई स्पेस स्टेसनमै छाडिदिने वा स्पेस स्टेसनलाई नै दुर्घटना गराएर पृथ्वीमा खसालिदिने सम्मको धम्की दिएका छन् ।

हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेका अमेरिकी अन्तरिक्ष यात्री ५२ वर्षीय मार्क भन्दे हेइ रुसी सोयुज यानबाट आगामी मार्च ३० मा पृथ्वीमा फर्किने कार्यक्रम छ । उनीसँगै अरु दुईजना रुसी अन्तरिक्षयात्री पनि पृथ्वीमा फर्किनेछन् ।

तर रुसी स्पेस एजेन्सी रसकोमसका प्रमुख दिमित्री रोगोजिनले ती अमेरिकी अन्तरिक्षयात्रीलाई या त अन्तरिक्षमै छाडिदिने या स्पेस स्टेनलाई नै पृथ्वीमा खसालिदिने चेतावनी दिएको डेलीमेलले उल्लेख गरेको छ ।

रुसी चेतावनीले ठूलै त्रास उत्पन्न भएको छ । डेलीमेलसँग कुराकानी गर्दै अमेरिकी अन्तरिक्षयात्री हेइकी आमाले त्यस्तो धम्की निकै भयानक भएको बताएकी छिन् । आफूले पहिलोपल्ट त्यस्तो धम्कीका बारेमा थाहा पाउँदा निकै रोएको र त्यस्तो नहोस् भनेर प्रार्थना गरिरहेको उनी बताउँछिन् ।

स्मरण रहोस् हेइ ३ सय ५५ दिनको अन्तरिक्ष स्टेसन बसाइपछि पृथ्वीमा फर्किन लागेका हुन् । यसअघि कुनै पनि अमेरिकी अन्तरिक्षयात्रीले यतिलामो समय अन्तरिक्ष बिताएका थिएनन् ।

तर रुसी राष्ट्रपति भ्लादमिर पुटिनका सहयोग रोगोजिनले ट्वीटरमा एक भिडियो सार्वजनिक गरेर तहल्का मच्चाइदिएका छन् । उनले मार्क भन्दे हेइलाई अन्तरिक्षमै छाडिदिने र स्पेस स्टेसनबाट रुसी हिस्सालाई निकाल्ने बताएका छन् । जसका कारण स्पेस स्टेसन पृथ्वीमा खस्नेछ ।

युक्रेनमाथिको आक्रमण पश्चात् रुसविरुद्ध अमेरिकाले लगाएका प्रतिबन्धले रुसका अन्तरिक्ष उड्ययन उद्योग तथा अन्तरिक्ष कार्यक्रमहरुमा क्षति पुग्ने देखिएसँगै रुस क्रुद्ध बनेको हो ।

रोगोजिनले भनेका छन्- के तिमीहरू इन्टरनेसनल स्पेस स्टेसनमा हाम्रो सहयोग अन्त्य गर्न चाहन्छौँ ? यदि यस्तो हो भने स्पेस स्टेसनलाई अनियन्त्रित भएर अमेरिका र युरोपमा खस्नबाट कसले बचाउँछ ?

रोगोजिनका अनुसार अमेरिकाले लगाएका गैरकानुनी प्रतिबन्धका कारण ५०० टन तौलको स्पेस स्टेसन दुर्घटना भएर पश्चिमी देशमाथि खस्नेछ ।

रुसले अन्तरिक्षमै छाडिदिने धम्की दिएका अमेरिकी अन्तरिक्षयात्री हेइकी आमाले अन्तरिक्षको संवदनशील मामिलामा भएको राजनीतीकरण लज्जाको विषय भएको बताउँछिन् । हेइकी पत्नी यो चर्चाबाट निकै चिन्तित छिन् । उनका लागि यो निकै कठिन समय हो ।

ऋाफ्नो छोराको अन्तरिक्षयात्राका बारेमा स्मरण गर्दै उनले सन् २०१७ मा आफू पहिलोपल्ट पति टमसँगै कजाखस्तान आएको र त्यतिबेला छोरा हेइ पहिलोपटक ६ महिनाका लागि स्पेस स्टेसन प्रस्थान गरेको उनी बताउँछिन् । उनका अनुसार त्यो बेला विभिन्न देशहरूले अन्तरिक्षमा एकसाथ मिलेर काम गरेका थिए । त्यस्तो दृश्य अद्भूत थियो । ती सबै वैज्ञानिक तथा अन्तरिक्षयात्रीसँग हेइको सम्बन्ध राम्रो थियो ।

ऋाफ्नो छोरा यस्तो धम्कीले नडराउने हेइका बुवा बताउँछन् । रुसका सबै अन्तरिक्षयात्री निकै सहयोग रहेको उनको अनुभव छ ।

रुसी धम्कीपछि विश्वका नम्बर वान धनाढ्य तथा स्पेस एक्स कम्पनीका प्रमुख एलन मस्कले अमेरिकी अन्तरिक्षयात्रीलाई बँचाउने प्रस्ताव अगाडि सारेका छन् । उनका अनुसार यदि रुसले मार्क हेइलाई अन्तरिक्षमा छाडेमा स्पेस एक्स रकेट पठाएर उनलाई बचाइनेछ । उता नासाले भने पूर्वनिर्धारित कार्यक्रम अनुसार मार्च ३० मा मार्क हेइ पृथ्वीमा फर्किने विश्वास व्यक्त गरेको छ । डेलीमेलबाट

चर्चामा

सम्बन्धित समाचार