बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • सोसल मिडियामा अनौठो बहस- संसारमा पांग्रा धेरै होलान् कि ढोका ?

सोसल मिडियामा अनौठो बहस- संसारमा पांग्रा धेरै होलान् कि ढोका ?

  • सोमवार, फाल्गुन ३०, २०७८
सोसल मिडियामा अनौठो बहस- संसारमा पांग्रा धेरै होलान् कि ढोका ?

काठमाडौं — सोसल मिडिया यस्तो ठाउँ हो जहाँ मानिसहरु अनेक खालका चर्चा तथा बहसहरुमा सामेल हुन्छन् । इन्टरनेटमा भाइरल भैरहेको पछिल्लो बहस चाहिं ढोका र पांग्राको विषयमा छ ।

न्युजिल्याण्डको अकल्याण्डका ट्विटर प्रयोगकर्ता रयान निक्सनले सबैभन्दा पहिलो ट्वीट गरेका थिए– मेरा साथीहरु र म एउटा सबैभन्दा मूर्खतापूर्ण बहस गरिरहेका छौं र म यसका लागि एउटा प्रश्न सोध्न आएको छु । तपाईंलाई के लाग्छ, संसारमा ढोका वा पांग्रा कसको संख्या बढी होला ?

उनको ट्वीटमा प्राप्त भएका २ लाख २३ हजार ३४७ भोटमध्ये ४६.४ प्रतिशत मानिसहरुले ढोकाको पक्षमा मतदान गरे भने ५३.६ प्रतिशतले पांग्रा छनोट गरेका छन् ।

उनको उक्त ट्वीट भाइरल बनेको छ, जसले हालसम्म १६ हजार भन्दा धेरै लाइक र ४५ सयभन्दा धेरै रिट्वीट गरेका छन् ।

एकजना ट्वीटर प्रयोगकर्ताको चाहिं गज्जबको तर्क छ । उनका अनुसार हरेक भवनमा र हरेक गाडीमा समेत ढोका हुने भएकाले ढोकाको संख्या नै निकै धेरै हुन्छ ।

पांग्रा धेरै हुन्छन् भन्नेहरुको तर्क पनि गज्जबको छ । एकजना प्रयोगकर्ता भन्छन्– पांग्रा सबैभन्दा पुरानो मानव आविष्कार मध्ये एक हो । केवल गाडीमा मात्र होइन रोलर ब्लेड, सुटकेस, कुर्सी आदिमा पनि पांग्रा हुन्छन् । हरेक दिन ढोका भन्दा पांग्रा धेरै बन्दछन् । –एजेन्सी

चर्चामा

सम्बन्धित समाचार