शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा हाइस दुर्घटना, १३ जना घाइते

कैलालीमा हाइस दुर्घटना, १३ जना घाइते

  • सोमवार, फाल्गुन ३०, २०७८
कैलालीमा हाइस दुर्घटना, १३ जना घाइते

धनगढी — डडेल्धुराबाट धनगढी आउँदै गरेको हाइस कैलालीमा दुर्घटना भएको छ। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका-४ बुढीतोला नजिक चौबिसे मोडमा बा२ख ३२३३ नम्बरको हाइस दुर्घटना भएको हो। दुर्घटनामा १३ जना घाइते भएका छन्।

चालक अमरगढी नगरपालिका-२ का २६ वर्षीय सन्तोष ऐर, सहचालक गोदावरी नगरपालिका-८ का १७ वर्षीय राजेश ताम्राकार, हाइसमा सवार डडेल्धुराको नवदुर्गा गाउँपालिका-३ का ४० वर्षीय भक्तबहादुर कठायत, अमरगढी नगरपालिका-१० का ३८ वर्षीय पद्मा कामी, १८ वर्षीया निर्मला कामी र सोही ठाउँका ६० वर्षीय लालबहादुर कामी घाइते भएका प्रहरीले बताएको छ।

त्यस्तै, कैलालीको चुरे गाउँपालिका-१ का ३० वर्षीय लोकेन्द्र बोहोरा, ४ का ३५ वर्षीय हिमाल आलेमगर, ४० वर्षीय किशोर खप्तडीमगर, ३५ वर्षीय प्रेमबहादुर तैरामीमगर, ३४ वर्षीय हेमबहादुर विक, अछामको साँफेबगर नगरपालिका १० का ५० वर्षीय डम्मरबहादुर बडायक र पुर्चौडी नगरपालिका २ का ५२ वर्षीय चक्रबहादुर बम घाइते भएका छन्। घाइते सबैको पद्मा अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दिशखबरबाट

चर्चामा

सम्बन्धित समाचार