बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • आगलागीबाट घरभित्र सुतिरहेका एक जनाको मृत्यु

आगलागीबाट घरभित्र सुतिरहेका एक जनाको मृत्यु

  • बुधबार, फाल्गुन २५, २०७८
आगलागीबाट घरभित्र सुतिरहेका एक जनाको मृत्यु

बर्दियाको बारबर्दिया नगरपालिका–९ खैरैनीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीय दिनेश चौधरी छन् । मंगलबार राति १०ः१० मा सानु चौधरीको टिनले छाएको घरमा आगलागी हुँदा घर भित्र सुतिरहेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए । आगलागी भएको समयमा १४ वर्षीय चौधरी घरमा एक्लै सुतिरहेका र आगलागी भएको थाहा नभएकाले उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

प्रहरी चौकी कतर्नियाघाट र इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले टोलीले १० ः ५५ मा आगो नियन्त्रणमा लिएको थियो । चौधरीको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरियामा राखिएको डिएसपी शाहीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार