• होमपेज
  • समाज
  • गौमुलमा निशुल्क आयुर्वेद तथा बैकल्पीक चिकित्सा शिविर सम्पन्न

गौमुलमा निशुल्क आयुर्वेद तथा बैकल्पीक चिकित्सा शिविर सम्पन्न

  • बुधबार, फाल्गुन २५, २०७८
गौमुलमा निशुल्क आयुर्वेद तथा बैकल्पीक चिकित्सा शिविर सम्पन्न

बाजुरा–गौमुल गाउँपालिका २ दहकोटमा निशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको आयोजनामा शिविर सम्पन्न भएको जिल्ला आयुर्वेद कार्यालयमा कार्यरत कर्मचारी नर्मदा कुवरले वताएकि छन् ।
शिविरमा ३ सय ९५ जनाले सेवा लिएका छन् । २ सय ६१ जना महिला, १ सय ४ पुरुष र ३० जना बालवालिकाले चेकजाँच तथा परामर्श सेवा लिएको कुवरले वताएकि छन् । शिबिरमा वात, उदरोग, स्त्रिरोग, बालरोग, अम्लपत्ति, श्वासप्रश्वास लगायत रोगको चेकजाँच गरिएको हो ।
दहकोटको जनज्वोती माबिमा भएको शिबिरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराका चिकित्सक डा. सत्यराज जोशीले बिरामीको चेकजाँच सँगै परामर्श दिएका थिए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका कार्यलय प्रमुख रंग बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष चक्र बहादुर रोकाया समेतको सहभागिता रहेको थियो ।
शिबिर आयुर्वेद सेवा नपुगेका ठाउँ सेवा बिस्तार सँग प्रचारप्रसारका लागि गरिएको कार्यलयले जनाएको छ । गाउँमै आयुर्वेद स्वास्थ्य शिबिर सञ्चालन भएपछि स्थानिय खुशी भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले ग्रामिण क्षेत्रमा आफ्नो स्वास्थ्य सेवाको पहुँच बिस्तार गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार