बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • आर्थिक अभाबमा हुम्लाकि होइजाली पाठेघर रोग पाल्दै

आर्थिक अभाबमा हुम्लाकि होइजाली पाठेघर रोग पाल्दै

  • मङ्लबार, फाल्गुन २४, २०७८
आर्थिक अभाबमा हुम्लाकि होइजाली पाठेघर रोग पाल्दै

हुम्ला–हुम्लाको ताजाकोट गाउँपालिका २ मैला बस्ने ६६ बर्षिय होइजाली धामी आर्थिक अभाबमा रोग पालिरहेकि छन् । पाठेघर सम्बन्धि समस्या भएको १० महिना बढी समस्या भइसक्दा उपचार गर्ने पैसा नहुदा घरमै रोग पालिरहेकि मैला स्वास्थ्य चौकीका इन्चार्ज धनराज ढकालले वताएका छन् ।
गत जेठ महिनामा ५० हजारमा भैसी बिक्रि गरेर कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा उपचार गर्न पुगेकी थिईन् । अस्पतालले पाठेघरमा संक्रमण भएको भन्दै खाने औषधि दिएर घर पठाएको थियो । १४ दिन अस्पताल बसेर उपचार गरेको थियौ । सञ्चो भइहाल्छ भनेर खाने औषधि दिएर घर पठाएको होइजालीका श्रीमान दलसुर धामीले वताएका छन् ।
औषधि खाएर सक्यौ, तर फेरि उस्तै भएको छ, मैला स्वास्थ्य चौकीले रिफर गरेको भएपनि पैसा नहुदा पिडा सहदै बसिरहेको होइजालीले वताएकी छन् । आर्थिक अबस्था निकै कमजोर रहेको उनको परिवारलाई उपचारमा नेपालगञ्ज सम्म जाने भाडा समेत नरहेको स्वास्थ्यकर्मीले वताएका छन् । तल्लो पेट दुख्ने, रगत बग्ने, पिप बग्ने, शरिर दुख्ने जस्ता समस्या भइरहेको होइजालीले वताईन् ।
दलसुर धामीले भने भएको भैसी पहिला बिक्रि गरेर उपचार गरे । तर अहिले बिक्रि गर्नलाई सम्पत्ति समेत नहुदा श्रीमतिको उपचार गर्न नसकेको वताईन् । शुरुशुरुमा होइजालीले आफ्नो समस्या लुकाएकि थिईन्, धेरै अफ्ठयारो भएपछि मात्र उनले समस्या भनेकी थिईन् । यातायातको साधन नपुगको जिल्ला एक मात्र हुम्ला रहेको छ ।
होइजाली जस्तै हुम्लाका महिलामा पाठेघर खस्ने समस्याले आक्रान्त बनेका छन् । जिल्लाका ग्रामीण समुदायमा बसोवास गर्ने महिला यो समस्या बाट बढी पीडित भएको स्वास्थ्यकर्मीले वताएका छन् । धेरै महिलाहरु यौन रोग लुकाएर पालिरहेकि छन् । अफ्ठयारो अबस्थामा मात्र स्वास्थ्य संस्था पुग्ने गरेका छन् । बाजुराका दुर्गम गाउँमा पाठेघर खस्ने समस्या निकै बिकराल बन्दै गएको पाइन्छ । यो समस्या सानो उमेरमा विवाह गर्नु, सुत्केरी भएलगत्तै काम गर्नुपर्ने, गर्भवती समयमा उकाली अ‍ोराली गर्नु पर्ने, भारी बोक्नु पर्ने, बच्चा धेरै जन्माउँनु पर्ने अशिक्षा लाज मान्ने प्रवृत्ति लगायतका कारणले पनि जिल्लाका ग्रामीण क्षेत्रका महिलामा पाठेघरको समस्या बढी हुने स्वास्थ्यकर्मी धनराज ढकालले वताए । दुर्गमका महिलाहरु अझै पनि यौन रोगहरु लुकाउने गरेका छन् । जसका कारण बर्षौ देखी रोग लुकाएर बस्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार